काठमाडौं । जर्मन नागरिक ब्यारन कार्लभोन ड्राईसले आज भन्दा २०० वर्ष अगाडि पहिलो पटक साईकल निर्माण गरेका थिए । सुरुवातमा दुई पाङ्ग्रे, सामान्य बनावट तथा कमलागतमा निर्माण सुरु गरिएको साईकल हाल लाखौं मूल्यमा खरिद विक्री हुनथालेका छन् ।
इन्धनको प्रयोग नहुने तथा प्रदुषण नियन्त्रणलाई सहायता पुर्याउने भएकाले विश्वमा साईकलको बजार विस्तार हुँदै गएको छ । विश्व व्यापीरुपमा साईकल उद्योगको लगानी ४५ बिलियन डलर रहेको अनुमान गरिएको छ ।
अहिले संसारमा पाइने साइकलको नेपाली रुपैयाँमा मूल्य कन्भर्ट गर्दा ५ करोड भन्दा बढी पर्न आउँछ ।
संसारका ६ महङ्गा साईकल
बटरफ्लाई ट्रेक म्यान्डोन
५ लाख अमेरिकन डलर मुल्य रहेको बटरफ्लाई टेक म्यान्डोनको निर्माण यामिन ह्रिस्टले गरेका हुन् । यो साईकलको प्रयोग सन् २००९मा फ्रान्सका साईकलयात्री लान्स आर्मस्ट्रङ्गले प्रयोग गरेका थिए । युनिक तथा आकर्षक शैलीमा निर्माण गरिएको यो साईकलमा वास्तविक पुतलीको प्रयोग गरिएको छ । संसारका बहुमुल्य पाँच साईकलको पहिलो नम्बरमा यो साईकल पर्दछ ।
ट्रेक योसितोमो नारा
यो साईकलको विक्री मूल्य २ लाख अमेरिकी डलर रहेको छ । सुन्दर तथा आकर्षक डिजाईनमा निर्माण गरिएको ट्रेक योसितोमो नारा कमतौलको छ । साईकलमा जापानका प्रख्यात कलाकार योसितोमो नाराको तस्बिर लगाइएको छ ।
क्वज रेक म्याडोन
क्वज रेक म्याडोन संसारका महङ्गा साईकल मध्ये तेस्रो स्थानमा पर्छ । कमतौल आकर्षक तथा सुन्दर डिजाईनमा निर्माण गरिएको यो साईकलको मुल्य १ लाख ६० हजार अमेरिकी डलर रहेको छ ।
अरुमानिया क्रिस्टल एडियन गोल्ड बाइक
संसारकै चौथो महङ्गो साईकल अरुमानिया क्रिस्टल एडियन गोल्ड बाइकमा सुन तथा हिराको प्रयोग गरि बनाइएको छ । यो साईकल २४ क्यारेट सुन तथा स्वारोस्वकी क्रिस्टल राखिएको भने यसको सिट लेदले निर्माण गरिएको छ । माउण्टेन बाईक प्रेमीले बढि रुचाउने यो बाईक संसारभर सातवटा मात्र छन् । यसको विक्रीमुल्य १ लाख १४ हजार ४०० अमेरिकी डलर रहेको छ ।
ट्रेक माडोन ७ डाईमन्ड
ह्वाईट स्टोन तथा ३०७ हिराको प्रयोग गरि निर्माण गरिएको संसारकै महङ्गा साईकलमध्ये ट्रेक माडोन ७ डाईमन्ड पाँचौं स्थानमा पर्छ । साईकलयात्री लान्स आर्मस्ट्रोङले यहि साईकलको प्रयोग गरि सातौं टुर डे फाईनान्स टाईटल जितेका थिए । यो साईकलको मुल्य ७५ हजार अमेरिकी डलर रहेको छ ।
रेयर टिफानी एण्ड को सिल्भर लेडिज बाईक
संसारको महङ्गो साईकल मध्ये छैटौं बहुमुल्य साईकल रेयर टिफानी एण्ड को सिल्भर लेडिज बाईकको मूल्य ७० हजार अमेरिकी डलर पर्छ । सन् १८९० मा पहिलो पटक यो साईकलको निर्माण गरिएको थियो । विशेषत प्रख्यात सेलिव्रेटिहरुले यो साईकल बढि रुचाउने गर्छन् ।

