काठमाडौं । जापानीकार निर्माता कम्पनी मित्सुविशीले अब युरोपमा पजेरो बिक्री नगर्ने भएको छ । हालै कम्पनीले गरेको घोषणाअनुसार एसयूभी सेगमेन्टको पजेरोको अन्तिम संस्करण सार्वजनिक गर्ने भएको हो ।
पजेरो युरोपमा उपलब्ध भएको ३६ वर्ष भएको छ । भारतीय बजारमा पजेरो मोन्टिरोको नाममा बिक्री हुँदै आएको छ ।
युरोपेली बजारमा पजेरोले अपेक्षाकृत बजार लिन नसकेपछि बन्द गर्ने निष्कर्षमा पुगेको कम्पनीले जनाएको छ । बन्द गर्नुपूर्व लिमिटेड इडिसनका रुपमा १ हजार वटा फाइन इडिसन पजेरो बनाउनेछ । युरोपमा पहिलोपल्ट पजेरो १९८२ मा सार्वजनिक भएको थियो ।
३ ढोके पजेरोको मूल्य ४१ हजार युरो र ५ ढोकेको मूल्य ५३ हजार युरो बराबर हुने अनुमान गरिएको छ ।
विगतमा पजेरो ३ र ५ ढोके बडी स्टाइलमा बिक्री हुने गरेको थियो । त्यसैलाई आधार मानेर कम्पनीले उत्पादन गर्ने फाइनल इडिसनमा ३ ढोके ३ सयवटा र ५ ढोके ७ सयवटा पजेरो बनाउने जनाएको छ । ३ ढोके पजेरो अफ रोडका लागि बढी उपयोगी हुने कम्पनीले जनाएको छ ।
अन्तिम संस्करणको पाँचढोका भएको पजेरोमा केही भिन्न विशेषताहरूसमेत समावेश हुनेछन् । यो संस्करणको पजेरो ३.२ लिटर डिजेल इञ्जिनयुक्त हुनेछ जसले १८८ बीएचपी र ४४१ एनएम टर्क दिनेछ । उक्त पजेरो ५ स्पिड अटोमेटिक ट्रान्समिसन्स युक्त हुनेछ ।
३ ढोके पजेरोको मूल्य ४१ हजार युरो र ५ ढोकेको मूल्य ५३ हजार युरो बराबर हुने अनुमान गरिएको छ ।