चलाउन ड्राइभर नचाहिने ‘मोटिभ’ कार सार्वजनिक, यस्ता छन् विशेषता

हिजोबाट लण्डनमा आयोजना भइरहेको ‘मोभ शो २०२०’ मा ‘मोटिभ अटोनोमश’ भेहिकल प्ल्याटफर्म सार्वजनिक भएको छ । गोर्डन मुडे डिजाइन, डेल्टा मोटर स्पोर्टस र इट मोभ्सले संयूक्त रुपमा ल्याएको मोटिभ अटोनोमश कार मोभ शो २०२० मा चर्चामा रहन सफल भएको हो । उक्त शो आजसम्म चल्ने छ ।

यो इलेक्ट्रीक अटोनोमश कारमा एउटा मात्रै सिट रहने छ । यो कार यूके सरकारको ‘आईडी पी१४’ कार्यक्रम अन्तर्गत रहेर तयार गरिएको हो । जसले भविष्यमा बन्ने सवारीसाधनको स्वरुपलाई प्रतिबिम्बित गर्नेछ ।

यो क्वाटरसाइकलको प्ल्याटर्फममा बनेको कार पूर्यात सुरक्षा मापदण्ड अनुसार उत्पादन गरिने छ भने वातावरण मैत्री रहने बताइएको छ ।

यसको उत्पादन मोडल बजारमा आउन २ देखि ५ वर्षसम्म लाग्ने कम्पनीले जानकारी दिएको छ । यसले एकपटकको फुलचार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।

कम्पनीले अहिले ल्याएको प्रोटोटाइपको लम्बाई २५३७ एमएम, चौडाई १३१० एमएम र उचाई १६२८ एमएम रहेको छ । यो अटोनोमश गाडीको तौल व्याट्री बाहेक ४५० केजी रहेको छ ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने यो कारमा २० किलोवाट क्षेमताको मोटर दिइने कम्पनीले जनाएको छ । १७.३ किलोवाट आवरको व्याट्री यसमा रहने छ भने उक्त व्याट्र फुल चार्ज गर्न करिब ५ घन्टा लाग्ने छ । यसलाई फार्स्ट डिसी चार्जबाट चार्जगर्दा २० देखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्नेछ ।


Back_to_top