काठमाडौं । टीभीएस मोटर्स इन्डिया र बीएमडब्ल्यू बीचको सहकार्यमा नयाँ प्रिमियम मोटरसाइकल आउने भएको छ । बीएमडब्ल्यूसँगको सहकार्यमा यसअघि देखि नै टीभीएसले अपाचे आरआर ३१० बजारमा बिक्री वितरण गर्दै आएको थियो ।
दुबै कम्पनीको संयूक्त लगानीमा टीभीएस ब्राण्डमा नयाँ मोटरसाइकल ल्याउने तयारी भइरहेको विषयलाई आधिकारीक रुपमा पुष्टी गरेका छन् । उनिहरुले ल्याउने नयाँ मोटरसाइकल सन् २०२१ मा बजारमा आउने जनाइएको छ ।
‘हामीबीएमडब्ल्यूसँगको सहकार्यमा नयाँ मोडलको तयारी गरिरहेका छौं र यसमा हामी निकै खुसी छौं । यसले हाम्रो टीभीएसको लाइनअपमा एउटा नयाँ मोडल थप हुने छ । ग्राहकको माग र चाहना अनुसारका उत्पादन ल्याउनु हामी बीच भएको सहकार्यको मुख्य उद्देश्य हो’ टीभीएस इन्डियाका प्रेसिडेन्ट सिइओ के एन राधाकृष्णानले भने ।

कम्पनीले नयाँ आउने मोटरसाइकल कस्तो हुनेछ भन्ने विषयमा केही जानकारी नदिएपनि विभिन्न रिपोर्टका अनुसार नयाँ मोटरसाइकल दुई सिलिण्डर इन्जिन युक्त हुनेछ । यसलाई पूर्णत बीएमडब्ल्यूको टेक्निकल गाइडलाइनमा बसेर उत्पादन गर्ने तयारी भइरहेको छ । यो मोटरसाइकल मध्यम क्षमताको हुने बताइएको छ ।
कम्पनीले नयाँ मोटरसाइकलमा ५०० देखि ६५० सीसीसम्मको बीचमा रहेर ल्याउने अनुमान गरिएको छ । स्रोतः फाइनान्स डट याहु

