मेरोअटो ‘मोटर र्‍याली २’ सम्पन्न, ५० वटा कार र १३० जना सहभागी

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० सम्पन्न भएको छ । वैशाख ९ र १० गते आयोजना भएको मोटर र्‍यालीमा ५० वटा कार र १३० जना सहभागी रहेका थिए ।

वैशाख ९ गते काठमाडौंको बत्तिसपुतलीबाट सुरू भएको र्‍याली सिन्धुलीको मूलकोट पुगेर समापन भएको थियो । र्‍यालीमा अटोमोबाइल, बीमा, बैंक, मिडिया र कर्पोरेट क्षेत्रमा काम गर्ने मानिसहरूको सहभागीता रहेको थियो ।

अटोमोटिभ्स मिडिया प्रालिले वार्षिक कार्यक्रमको रूपमा आयोजना गर्दै आएको र्‍याली विशेषत: हाइवे ड्राइभिङ, ड्राइभ टुरिजम लगायतका विषयमा केन्द्रित थियो ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी मुख्य प्रयोजक रहेको र्‍यालीमा इन एशोसिएशन विथमा हुन्डाई र महिन्द्रा रहेका थिए । साथै प्रयोजकमा सिप्रदी, रेनो, एमजी, जीप, प्रोटोन, फक्सवागेन, इसुजु र आइएमई रहेका थिए । र्‍यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक, नन् लाइफ इन्स्योरेन्स अजोड इन्स्योरेन्स, ल्यूब पाटनर गल्फ लुब्रिकेन्ट रहेको थियो ।

र्‍यालीको क्रममा धुलिखेलमा ट्राफिक प्रहरीले हाइवे ड्राइभिङ र विपी हाइवेको बारेमा प्रकाश पारेका थिए । र्‍यालीमा सहभागी हुँदै नाडाका अध्यक्ष ध्रुव थाप, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, उपाध्यक्ष सुनिल रिजाल, अटोपत्रकार संघका अध्यक्ष उज्वलजंग शाह लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन कलाकार सिपी पुडासैनी (धतुरे) ले आफ्नो कलामार्फत कार्यक्रम संचालन गरेका थिए । सहभागीलाई खेलकुद मार्फत मनोरन्जन प्रदान गर्न नितिन रेग्मी लगायतका टीमले खेलकुदका कार्यक्रम संचालन गरेका थिए ।


Back_to_top