ब्याट्री पड्कन थालेपछि प्योर इभीका स्कुटर रिकल

फाइल तस्विर

काठमाडौं । प्योर इभीले दुई मोडलका स्कुटर रिकल गरेको छ । केही दिन अघि भएको आगलागी घटना पश्चात् इलेक्ट्रीक स्कुटर रिकल गरेको थियो ।

प्योर इभी इन्डियाले आगो लागेको घटना पश्चात् इट्रान्स प्लस र इपुल्टो ७ जी रिकल गरेको हो । कम्पनीले २ हजार यूनिट स्कुटर फिर्ता मगाएको छ ।

केही समय अगाडि भएको घटनामा प्योर इभीको स्कुटरमा आगो लागेको थियो । ब्याट्री पड्केर आगो लाग्दा स्कुटरमा सवार ८० वर्षीय एकजनाको जलेर मृत्यु भएको थियो । उक्त घटना ३ जना घाइते भएका थिए । कम्पनीले यो घटनाको अनुषन्धान भइरहेको जनाएको छ ।

भारतमा लगातार इलेक्ट्रीक स्कुटरमा आगो लागेको घटनाहरु बाहिर आउन थालेसँगै पारवहन मन्त्री नितिन गडकरीले इलेक्ट्रीक सवारी साधन निर्माताहरुलाई चेतावनी दिएका छन् । मन्त्रीको चेतावनी पश्चात् तत्काल प्योर इभीले स्कुट रिकल गरेको हो ।

प्योर इभीका यी दुवै मोडल नेपालमा विक्री भइरहेका छन् । कम्पनीले कुन ब्याचको स्कुटर रिकल गरेको भन्ने बारे एकिन जानकारी बाहिर ल्याएको छैन ।

‘हामीले भारतमा प्योर इभीसँग सम्पर्क गरेर त्यहाँ रिकल गरेको ब्याच र यहाँ विक्री भएको ब्याच मिल्छ वा मिल्दैन भनेर बुझेका छौं । उनिहरुले नेपालमा रहेको इभीमा समस्या नभएको जानकारी दिएका छन्’, ह्वाइट लोटस मोटरका अशोक खड्गीले मेरोअटोसँग भने ।


Back_to_top