निषेधाज्ञापछि मोटरसाइकल किन्नेले फुर्सदमा यी कुराको जानकारी राखौँ

काठमाडौं । यदि तपाई नयाँ मोटरसाइकल किन्ने सोच बनाइरहनु भएको छ यो आफ्नो आवस्यकता अनुसारको उपयुक्त मोटरसाइकल छनोट गर्ने अवशर हो ।

अहिले कोरोनाको दोस्रो लहरसँगै नेपालका सबैजसो स्थानमा निषेधाज्ञाको अबस्था रहेको छ । मोटरसाइकल सामाजिक दुरि कायम गर्नको लागि एक उत्तम विकल्पको रुपमा रहेको छ । निषेधाज्ञा खुलेसँगै तपाइ मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ भने फुर्सदको समयमा कुन मोटरसाइकल किन्ने भनेर योजना बनाउन सक्नु हुनेछ ।

यसरी घरमा बसेर अहिले इन्टरनेटको माध्यमबाट उत्कृष्ट मोटरसाइकल छनोट गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।

बजेटः तपाई कति रकमसम्म खर्च गरेर मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ त्यसमा प्रस्ट हुनुहोस् । अहिले नेपाली बजारमा १ लाख ५० हजारदेखि एक करोड ४० लाखसम्मका मोटरसाइकल उपलब्ध रहेका छन् । यस्तोमा तपाईले किन्ने मोटरसाइकल कति रकमको हो त्यही अनुसार छनोट गर्नुहोस् ।

पावरः मोटरसाइकलको मूल्य धेरै हदसम्म पावरले निर्धारण गर्छ । विशेषत नेपालको पहाडी बाटो र त्यसमा पनि कच्ची बाटो धेरै भएको हुँदा आफ्नो आवस्यकता अनुसारको पावर भएको मोटरसाइकल छान्नुहोस् ।

सुरक्षा फिचरः पछिल्ला दिनमा कम्पनीहरुले मोटरसाइकललाई सुरक्षीत बनाउन निकै प्रयास गरिरहेका छन् । त्यसैले अहिले मोटरसाइकल किन्दा डिस्क ब्रेक, एबीएस जस्ता सुरक्षा फिचर भएको मोटरसाइकल छनोट गर्नुहोस् । जसले तपाईलाई भोलि सुरक्षीत यात्रा गर्न सहयोग गरोस् ।

माइलेजः पछिल्लो समय नेपालमा पेट्रोलियम पर्दाथको मूल्य दिनानुदिन बढ्दै गएको । हाल पेट्रोलको मूल्य प्रतिलिटर १२०रुपैयाँ भन्दा धेरै पुगेको अवस्था रहेको छ । यस्तोमा तपाइ मोटरसाइकल किन्ने सोच्नु भएको छ भने मोटरसाइकलको माइलेजको बारेमा अध्ययन गर्नुहोस् । कम्पनीले दावी गर्ने माइलेज तपाइले सडकमा प्रयोग गर्दा निकै कम हुने गर्छ । यो कुरामा विशेष ध्यान पुर्याउन जरुरी रहेको छ । यस्तोमा तपाइले आफ्नो चिनजानको टेक्निशियन वा उक्त मोटरसाइकल प्रयोगकर्ताको साहायता लिन सक्नु हुन्छ ।

सर्भिस र रिसेल मूल्य: मोटरसाइकल किनेपछि सबैभन्दा महत्वपूर्ण विषय सर्भिस हो । यदि कुनै कम्पनीको सर्भिस कमजोर छ तर मोटरसाइकल राम्रो छ भनेपनि त्यस्ता मोटरसाइकल किन्ने निर्णय नगर्दा राम्रो हुन्छ । पछि तपाईले भनेको समयमा सर्भिस नपाएर हैरानीमा पर्न सक्नु हुन्छ । त्यसैले आफुले मोटरसाइकल छनोट गर्दा उक्त कम्पनीले दिने सर्भिस कस्तो छ भन्ने कुरामा ध्यान दिनु पर्छ ।

मोटरसाइकल किन्नु अघि भविष्यमा बिक्री गर्दा रिसेल मूल्य कति आउँछ भन्ने विषय बुझनु भयो भने त्यसले पछि मोटरसाइकल बिक्री गर्दापनि सजिलो हुन्छ । अनि बजारमा चलेका ब्राण्ड र उत्कृष्ट सर्भिस भएका कम्पनीको रिसेल मूल्यपनि राम्रो हुन्छ ।


Back_to_top