काठमाडौं । उपत्यकामा निषेधाज्ञाको अवधि एकै पटक १५ दिन थप भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप गरेर जेठ १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माणकार्य पनि रोक्ने निर्णय गरेको हो । योसँगै संचालन भइरहेका साना मझौला निर्माणका काम पनि बन्द हुने भएको छ ।
बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि सकभर नगर्न र गर्नै पर्ने भए १० जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरेको छ । यसले निषेधाज्ञामा थप कडाई हुनेछ ।


