काठमाडौं । मोटरहेड मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड प्रालिले कोभिड १९ लक्षीत स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद तथा अन्य छुटका अफर ल्याएको हो ।
मोटरहेड ब्राण्डका डर्ट, स्क्राम्ब्लर र स्पोर्टस मोटरसाइकलहरुमा विभिन्न अफर ल्याएको छ । कम्पनीले मोटरहेडको बिभिन्न ५ मोडलका मोटरसाइकल बिक्री हुँदै आएको छ ।
मोटरहेड टेकन २५०, एचएम २०० एक्स, स्पोर्टस २५० रोड भर्सन, स्पोर्टस २५० अफरोड, र एक्स टर्क २५० स्ट्रीट मोडलमा १५ हजार नगद छुटको व्यवस्था गरेको छ । यस्तै एमएच १५० आर र स्क्राम्बलर २५० मा नगद २० हजार छुटको व्यवस्था गरेको छ ।
यसका अलावा ग्राहकले आगामी बर्षको कर छुट, तेस्रो पक्ष बीमाको साथै खरिदकर्ताको १ लाख बराबरको कोरोना बीमा तथा फ्रि हेलमेट समेत प्राप्त गर्ने छन् ।
कम्पनीको नेपालभर रहेको १२ वटा डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । यो स्कीम असार १२ गतेदेखि लागु हुनेछ ।

