मुग्लिन-नारायणघाट सडकमा गुडिरहेको कार माथि ढुंगा खस्यो

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा गुडिरहेको कार माथि ढुंगा खसेको छ ।

आइतबार दिउँसो तुईन खोला पुल नजिकै भारतीय नम्बर प्लेटको गुडिरहेको कारमाथि ढुंगा खसेको हो ।

ढुंगाले लागेर कारको अगाडिको भागको सिसा फुटेको छ भने कारमा सवार तीन जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय, चितिवनले जनाएको छ ।

पानी परिरहेकाले उक्त सडक हुँदै यात्रा गर्दा सर्तक रहन सडक डिभिजन भरतपुरले आग्रह समेत गरेको छ ।


Back_to_top