पोखरा । नाडाको चौथो कार्यसमिति बैठकले नेपालमा अटोमोवाइल ब्यवसायको वर्तमान अबस्था र सम्भावनाको बिषयलाई अध्यन अनुषन्धानगरी यर्थाथ बाहिर ल्याउने निर्णय गरेको छ ।
नाडा अटो शोको नजिक रहेको समयमा कार्यसमितिले उपत्यका बाहिर पोखरामा कार्यसमिति बैठक राखी भाद्र २६ गतेबाट हुने नाडा अटो शो २०१८ लाई भब्य बनाउने निर्णयसमेत गरेको छ ।
उपत्यका बाहिर भएको बैठक नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले २०७५–०७६ को मौद्रिक नीतिमाथी छलफलगरी आलोचनात्मक सर्मथन गर्ने निर्णय गरिएको नाडाले जनाएको छ ।
साथै, त्यसैगरी भदौ १५ गते नाडाले आफ्ना सदस्यहरुलाई कर तथा भन्सारसम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने तालिम कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

