काठमडौं । आगामी नाडा अटो शोबाट बिक्री सुरु हुन लागेको डोङफेङ नामी-०१ ह्याचव्याक सेग्मेन्टमा उपलब्ध हुने कार हो । ह्याचव्याक सेग्मेन्टमै आकर्षक फिचरसहित आउने प्रिमियम ह्याचव्याकले राम्रो मूल्यमा आउने हो भने उत्कृष्ट ब्यापर गर्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसको मूल्य ३० देखि ४० लाख भित्रै रहनेगरी ल्याउने सम्भावना धेरैछ ।
चल्तीका सब कम्प्याक एसयूभी जस्तै ४ मिटर लम्बाई रहेको नामी-०१ मा थुप्रै सेग्मेन्ट फस्ट फिचर छन् । कम्पनीले यसमा दिएको ७० किलोवाट मोटरले अधिकतम ९९ हर्सपावर तथा १६० न्यूटन मिटर टर्क प्रदान गर्छ ।
नामी-०१ मा ३१.४ र ४२.३ किलोवाट अवारको लिथियम फस्फेट ब्याट्रीप्याक छ । कारको टप स्पीड पनि १४० किलोमिटर प्रतिघन्टा रहेको छ । आधुनिक डिजाइनको क्यावीन फिचर उपलब्ध नामी-०१ सेतो, पहेँलो, निलो कलरमा उपलब्ध हुने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले जनाएको छ ।
साथै, ड्यूल टोन कार ह्वाइट एण्ड एल्लो र ह्वाइट एण्ड व्लुको कम्बीनेसन पनि पाउन सकिने छ । आकर्षक इलेक्ट्रीक कार नामी-०१ मा उपलब्ध हुने ५ मूख्य फिचरका बारेमा यहाँ चर्चा गरिएको छ ।
कम्प्याक्ट र प्रिमियम डिजाइन
नामी-०१ स्लीक र कम्प्याक डिजाइनमा तयार भएको कार हो । यसको लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम, उचाई १५७० एमएमको रहेको छ । यसमा २६६० एमएम लामो ह्वीलवेस दिइएका छ । जसले यात्रालाई निकै आरामदायी बनाउन सहयोग गर्छ ।
निकै आकर्षक लुक्स र आधुनिक फिचरहरु समावेस गरेर तयार गरेको ईभीको सडक प्रेजेन्स पनि उत्कृष्ट लाग्छ ।

फ्रेमलेस डोर डिजाइन र फ्लस डोर ह्याण्डल
डोङफेङले यसमा लग्जरी र ठूला साइजका गाडीमा उपलब्ध हुने फिचर दिएको छ । यसमा फ्रेमलेस डोर फ्लस डोर ह्याण्डलले सोफिस्टीकेटेड तथा स्पोर्टी कारको झल्को दिन्छ । हिडन फ्लस ह्याण्डलले यसको एरोडायनामिक्सलाई थप सुधार गरि रेन्ज बढाउन मद्दत गर्छ ।
अटोमेटिक पार्किङ
नामी-०१ लाई अन्य ह्याचव्याक भन्दा पृथक देखाउन अटोमेटिक पार्किङ सिस्टम काफी छ । यसमा रहेको एड्भान्स टेक्नोलोजीले सहरका साँघुरा पार्किङ स्थलमा पनि सहजै तरिकाले पार्किङ गर्न सकिन्छ ।
एड्भान्स एडास सिस्टम
नामी-०१ मा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) रहेको छ । यसमा व्लाइण्ड स्पट मनिटरिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, ट्राफिक साइन रिकग्नेसन, एडाप्टीप क्रुज कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

स्पेशियस र स्टाइलीस इन्टेरियर
व्ल्याक एण्ड ह्वाइट र व्ल्याक एण्ड ग्रे गरी दुई कलर अप्सनमा यसको ड्यासबोर्ड पाउन सकिन्छ । यसमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्कृन, ५ इन्चको फुल्ली डिजिटल इन्ट्रुमेन्ट प्यानल, टु स्पोक मल्टी फङ्सनल स्पोर्टी स्टेरिङ ह्वील, इन्टेलीजेन्ट भोइस कन्ट्रोल जस्ता फिचर छन् । यसमा ३२ भिन्न कलरको एम्बीयन्ट लाइट, वायलेस फोन चार्जर, वान क्लीक फ्ल्याट फ्रन्ट सिट जस्ता फिचर पाउन सकिन्छ ।


