८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं । नारायणगढ-मुग्लिन सडक ८ घण्टापछि दुईतर्फी संचालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी संचालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनका अनुसार पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।


Back_to_top