सडक चिप्लो हुँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

फाइल तस्बिर ।

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।

सडक चिप्लो भएसँगै बिहान करिब १० बजेपछि उक्त स्थानमा सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

उक्त स्थानमा दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । दाउन्ने क्षेत्रमा अहिले पनि सिमसिमे पानी परिरहेकाले तत्काल सडक संचालनमा ल्याउन सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

यद्यपि, सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।


Back_to_top