नारायणघाट-बुटवल सडक राति १० घण्टा बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिएको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको शनिबार रातिदेखि सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो।

उक्त सडक खण्डमा १० घण्टा ठूला र मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको हो । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ। त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ।


Back_to_top