सेकेन्ड ह्यान्ड मोटरसाइकल ब्यवसायीको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्ने व्यवसायीहरुको हकहितका लागि नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको स्थापना २०६२ बैशाख १९ गते भएको थियो ।  

साधारण सभाको अवसरमा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउदै आगामी दिनमा संघ र ट्राफिक प्रहरी बीचमा सहकार्य गर्न सकिने बताए । 

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसायसमेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए । 

हाल संघमा १ सय १७ संस्था सदस्य छन् । काठमाडौं उपत्यकामा मात्र कार्यरत रहेको संस्थालाई आगामी दिनमा उपत्यका वाहिर समेत विस्तार गर्ने योजना रहेको संघका अध्यक्ष बीएन पाठकले बताए । 


Back_to_top