एमजीको ‘आरएक्स ५’ कारले एकपटकको चार्जमा ४२५ किमी माइलेज दिने

नयाँ दिल्लीमा आयोजना भइरहेको २०१८ मोभ समिटमा एमजी इन्डियाले चीनमा उत्पादन भएको आरएक्स ५ इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । 

एक पटकको फुलचार्जमा ४२५ किलोमिटर माइलेज दिने यो कार विश्वकै धेरै माइलेज दिने इलेक्ट्रीक कार मध्य एक भएको कम्पनीले दाबी गरेको छ । 

यसमा प्रयोग भएको ब्याट्री डिसि फास्ट चार्जको सहयोगले ४५ देखि ६० मिनेट भित्र फुलचार्ज हुने कम्पनीले दाबी गरेको छ । 

एसयूभीमा आएको यो एमजी इआरएक्सको लम्बाई ४५५४ एमएम रहेको छ भने उचाई १८५५ एमएम रहेको छ । गाडीको चौडाई भने १७०० एमएम रहेको छ ।

भारतमा ५०० मिलियन डलर लगानी गरेर जनरल मोटरको प्लान्टबाट गाडी उत्पादन गर्ने तयारी गरेको कम्पनीले २०१९ को पहिलो क्वाटरबाट भारतीय बजारमा एमजीका उत्पादनसार्वजनिक गर्ने तयारी गरेको छ । एसएआईसी मोटो र्कपले भारतीय प्लान्टबाट २०२०देखि इलेक्ट्रीक कार उत्पादन सुरु गर्ने जनाएको छ । 

एसएआईसीका  प्रेसिडेन्ट चेन छिङले मोभ समिटलाई सम्बोधन गर्दै भने इलेक्ट्रीक कार उत्पादनलाई बढवा दिन सरकारले नीतिगत सहयोग गर्नु पर्ने बताए । 


Back_to_top