काठमाडौं । भारतीय नागरिकले अन्य देशमा निर्यात हुने कारको तुलनामा स्वदेशमा बेचिएका कार बलियो नभएको गुनासो गर्दैआएकोमा सन् २०१५मा आईआईटी मुम्बईले गरेको अनुषन्धानले यो कुरालाई पुष्टी गरेको छ । भारतीय कम्पनीद्वारा उत्पादित मोडल अन्य देशमा निर्यात गरिएभन्दा कम बलियो हुने गरेको शो अध्यनले निकालेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले नीति–नियमको प्रभावकारी कार्यन्वयनको अभावले कतिपय उत्पादक कम्पनीले भारतमा गुणस्तरीय कार नबेच्ने नगरेको औंल्याएको छ ।
उक्त अध्ययनले भारतीय प्रयोजनका लागि निर्माण गरिएको कारमा ३० प्रतिशत गल्भनाइज्ड स्टिल प्रयोग गर्ने कम्पनीले बाहिर निर्यात गर्ने गाडीमा ७० प्रतिशतको प्रयोग गर्ने गरेको देखाएको हो ।
अब भारतीय यातायात मन्त्रालयले स्वदेशमा प्रयोग गर्ने मोडलमा अनिवार्यरुपमा ७० प्रतिशत गाल्भानिज स्टिलको प्रयोग गर्न निर्देशन दिएको छ । यो नीति भारतमा उत्पादित १० लाख मूल्यसम्मका कारहरूमा लागू हुनेछ ।
कम्पनीको यस्ता लापर्बाहीले कारको सुरक्षालाई मात्रै नभई टिकाउ तथा आयुलाई पनि असर पार्ने गर्छ । मन्त्रालयले अटोमोटिभ रिसर्च एशोसिएसन तथा अन्तर्राष्ट्रिय सेन्टर फर अटोमोटिभ रिसर्चलाई अनुसन्धानको जिम्मेवारी दिएको थियो । गाल्भानाइजेशनले सुरक्षाको प्रत्याभूति दिलाउनुकासाथै बडीलाई बलियो बनाउने गर्छ । यसलाई अमेरिका, जापान, युरोप र कोरियामा प्रयोग गर्ने गरिन्छ । भारतीय कम्पनीले पनि सो प्रक्रियालाई अवलम्बन गरेका थिए ।
यद्यपि, उनीहरूले बाह्य देशमा निर्यात गर्ने मोडलमा सो जिङ्कको प्रयोग गरे तापनि स्वदेशमा नै प्रयोग हुने मोडलमा जिङ्कजस्तै देखिने अन्य धातुको प्रयोग गर्ने गरेको पाइएको छ । अटो निर्माता कम्पनीहरूले गाल्भानिजलाई बडी निर्माणको लागि प्रयोग गर्ने गर्छन् । यसको मात्रा जति धेरै भयो, गाडीको आयु उतिनै लम्बिने उनीहरूको विश्वास छ ।

