नेपाल चेम्बरले एम्बुलेन्स सेवा दिने, आवश्यक पर्नेले यी नम्बरमा सम्कर्प गर्नु पर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड-१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने चेम्बरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१-५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।


Back_to_top