काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को पहिलो राउण्ड सकिएको छ ।
नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) र मोटर स्पोर्ट्स नेपाल क्लबको सहकार्यमा आयोजित रेसिङ प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजना भएको रेसिङ च्याम्पियनसिप शुक्रबार र शनिबार दुई दिन संचालन भएको थियो ।
नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) र मोटर स्पोर्ट्स नेपाल क्लबको सहकार्यमा रेसिङ प्रतियोगिता आयोजना भएको हो ।
नेसनल क्याटागोरी, नोभिस क्याटागोरी र रेसनारी क्याटागोरीमा दुई दिन चलेको सो मोटरसाइकल रेसिङमा विभिन्न क्याटागोरीमा टु ह्विलर राइडरहरू सहभागी भएका थिए ।
रेसिङ च्याम्पियनसिपको नेसनल क्याटागोरी प्रतिस्पर्धामा श्रीहरी पौडेल प्रथम, रितेश खत्री दोस्रो र राजकुमार कार्की तेस्रो भएका छन् ।
त्यसैगरी, नोभिस क्याटागोरी प्रतिसपर्धामा प्रशान्त सुतिहार प्रथम, सायल गजमेर दोस्रो र आयुश दुवाल तेस्रो भएका छन् । साथै, रेसनारी क्याटागोरि तर्फ भने सुरक्षा केसी प्रथम, वर्षा बस्नेत दोस्रो र नवाङ मोक्तान तेस्रो भएकि हुन् ।
च्याम्पियनसिप अन्तर्गत विजेता भएका राइडरहरूलाई नासा नेपालका अध्यक्ष, सचिव र यामाहा नेपालका सीईओ लगायतका पदाधिकारीहरूले सम्मानसहित पुरस्कृत गरेका हुन् ।
५ राउण्डसम्म संचालन हुने रेसिङ च्याम्पियनसिप प्रतियोगिताको अन्य राउण्ड आगामी दिनमा पोखरा, हेटौंडा र चितवन लगायतका स्थानमा हुनेछ ।


