काठमाडौं । होजोन मोटर्सको नेटा भी अहिले चर्चामा रहेको क्रसओभर कार हो । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपालमा विक्री गर्दै आएको नेटा भीको सर्भिसमा कम्पनीले नयाँ स्कीम सार्वजनिक गरेको छ ।
कम्पनीको दावी अनुसार आफ्ना ग्राहकलाई नेपालमै पहिलो पटक ‘फ्री होम साथै अन साईट सर्भिस’ सुबिधा सुरु गरेको हो । सिजी मोटर्सका अनुसार अहिलेसम्म नेपालमा १५० भन्दा धेरै नेटा भी विक्री भएको र ती ग्राहकको सर्भिस सुविधालाई ध्यानमा राख्दै स्कीम ल्याएको कम्पनीको दावी छ ।
सिजीले आफ्ना ग्राहकलाई सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ मा कल गरेर यो सुविधा लिन सक्ने जनाएको छ । ग्राहकले सम्पर्क गरेको २ घण्टा भित्रै सर्भिस टिम साईटमा पुगेर सुबिधा दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सिजी मोटर्सले चाँडै नेपालको भिविन्न ४ स्थानबाट ३ एस सुबिधा प्रदान गर्ने जनाएको छ । क्रसओभर डिजाइन, प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको बलियो पक्ष हो ।
नेटा भीमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । एक पटकको फुल चार्जमा ३८० किलोमिटर माथि रेन्ज दिने दावी गरिएको नेटा भी ‘भ्यालू फर मनी कार’ हो ।

