काठमाडौं । हिन्दु परम्परामा अन्तर्गत आउने चाडपर्वहरुको अवसर पारेर गाडी उत्पादक कम्पनीहरुले भारतीय बजारमा बिभिन्न ब्रान्डले १६ मोडलका कार बजारमा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
नेपाली बजारमा समेत भारतमा सार्वजनिक भएको केहि महिनाभित्र आउने ८ मोडलका कारको बारेमा हामीले तपाईहरुलाई जानकारी दिने प्रयास गरेका छौं ।
काठमाडौंमा अहिले नाडा अटो शोको रौनक लागिरहेको छ भने, अटो शो लगत्तै कम्पनीहरु दशै र तिहारमा कम्पनीले गर्ने सेल्सको लक्ष्य भेट्टाउन लाग्ने छन् । यस्तोमा चाडपर्वको मुखमा भारतीय बजारमा सार्वजनिक हुने र त्यसपछि नेपाली बजारमा आउने गाडीहरु यस प्रकार रहेका छन् ।
मारुती एर्टिगा
मारुती सुजुकीले ‘एर्टिगा–२०१८’ अक्टोबर अन्तिम साता बजारमा ल्याउने भएको छ । नयाँ एमपीभी गाडीलाई कम्पनीले हेयरटेक प्लेटफर्ममा आधारित रहेर निर्माण गरेको जनाएको छ । कम्पनीले यसअघि सियाज फेसलिफ्ट सार्वजनिक गरिसकेको छ ।

मारुती एर्टिगामा १.४ लिटर के१५बी पेट्रोल इन्जिनका साथै १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुने छ । सुजुकीको एसएचभीएस मिल्ड हाइब्रिड सिस्टम रहेको छ । यसमा दिइएको पेट्रोल इन्जिनले ९२ पीएस पावर र १३० एनएम टर्क उत्पादन गर्छ ।
हुन्डाई सेन्ट्रो
हुन्डाईले आफ्नो नयाँ मोडल अलन्यु सेन्ट्रो ९उत्पादन कोड एएच–२० भारतीय बजारमा अक्टोबर २३ मा सार्वजनिक गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार, बजारमा हुन्डाईको यस मोडलको कारले मारुती वागन आर र रेनो ब्विडसँग प्रतिस्पर्धा गर्ने गर्छ ।

हुन्डाई सेन्ट्रो १.१ लिटर पेट्रोल इन्जिनका साथ बजारमा आउनेछ । यो पुरानो भर्सनको आई १० मा दिइएको इन्जिनको अपडेट भर्सन हो । कम्पनीले यसलाई म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिशनमा बजारमा उतार्ने तयारी गरिरहेको छ ।
होन्डा सीआर-भी
होन्डा कार इन्डियाले नयाँ सीआर-भी अक्टोवर ९ मा सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार, यो होन्डा सिआर–भी को ५ औं जेनेरेशन एसयुभी हो ।

यो गाडी संसारभर स्पोर्ट एसयूभीको रुपमा परिचित रहेको छ । ९ स्पिड अटोमेटिक ट्रान्समिशनमा आउने यो एसयूभीमा २.० लिटर आई-भीटीइसी पेट्रोल इन्जिन दिइएको छ । यसले १५४ पीएस पावर जेनेरेट गर्छ । यसमा म्यानुअल र सीभीटी ट्रान्समिसन दिइएको छ । २०१८ को सीआर-भीमा १.६ लिटर डिजेल इन्जिन दिइएको छ यसले १२० पीएस पावर उत्पादन गर्ने छ
जीप कम्पास लिमिटेड प्लस
जीप इन्डियाले नयाँ कम्पास रेन्ज लिमिटेड प्लस भेरियन्ट अक्टोबर १८ मा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । ८.४ इन्च टचस्क्रिन इन्टरटेन्मेन्ट सिस्टम दिइएको यसमा सनरुप पनि रहेको छ । साथै यस गाडीमा १८ इन्च एलोए ह्वील, ८ वे पावर एड्जस्टेवल सिट र फोर वे एड्जस्टेवल फ्रन्ट प्यासेन्जर सिट रहेको छ ।

जीप कम्पास लिमिटेड प्लस एडिसनमा पनि पुरानै कम्पासमा रहेको १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र २.० लिटर डिजेल इन्जिन दिइएको छ ।
हुन्डाई ग्रान्ड १०
हुन्डाई ग्रान्ड–१० को फेसलिफ्ट भर्सन भारतीय बजारमा सेप्टेम्बरको अन्त्यमा सार्वजनिक हुने भएको छ । मिडिया रिपोर्टका अनुसार हुन्डाई इन्डियाले थुप्रै अग्रेडेट फिचरसहित ग्रान्ड १० बजारमा ल्याउ लागेको हो । नयाँ ग्रान्ड आई १० मा एबीएस, इबीडी र सुरक्षाका लागि डुअल फ्रन्ट एयरब्यागजस्ता सेफ्टि फिचर दिइएको छ ।

यो गाडीको म्याग्ना भेरियन्टमा रुफ रेल डोरको साइडमा विम राखिएको छ । त्यस्तै स्पोर्ट भेरिएन्टमा एलइडी डेटाइम रनिङ लाइट र रियर स्पोइलर दिइएको जनाइएको छ ।
महिन्द्रा एक्सयूभी ७००
महिन्द्रा एक्सयूभी ७०० आगामी अक्टोबर ९ मा सार्वजनिक हुने भएको छ । कम्पनीले यसलाई वाई४०० कोडनेममा उत्पादन गरिरहेको छ । यस गाडीमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ, जसले १८१ पीएस पावरका साथै ४२० एनएम टर्क उत्पादन गर्छ ।

महिन्द्राले स्याङयोङको प्ल्याटर्फममा उत्पादन गरिरहेको यो एसयूभी निकै चर्चामा रहेको छ ।
फोर्ड अस्पायर फेसलिफ्ट
फोर्ड इन्डियाले अस्पायर फेसलिफ्ट कार अक्टोबर ४ मा सार्वजनिक गर्ने भएको छ । फेसलिफ्ट मोडलमा बम्परको रिडिजाइन गरिएको छ भने, ६.५ इन्च टचस्क्रिनको साथमा एसवाइएनएच मल्टिमिडिया सिस्टम दिइएको छ ।

यस फेसलिफ्ट मोडलमा १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ ।
ड्याट्सन जीओ र ड्याट्सन जीओ प्लस फेसलिफ्ट
ड्याट्सनले आफ्नो नयाँ मोडल जीओ र जीओ प्लस फेसलिफ्ट आगामी हप्ता सार्वजनिक गर्दैछ । यस गाडीमा एक्स्टेरियर र इन्टेरियर अपडेट गरिएको छ भने टचस्क्रिन इन्टरटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

साथै, डोर ट्रिम नयाँ राखिएको छ भने सिट अपहोलस्ट्री, रियर सिटबेल्ट नयाँ राखिएको छ । इन्जिनमा भने यस गाडीले कुनै परिवर्तन गरेको छैन ।


