सिंगल चार्जमा १५३ किलोमिटर रेन्ज दिने नयाँ चेतक

काठमाडौं । बजाज अटोले चेतक इलेक्ट्रीकको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले चेतक ३५ सिरिज सार्वजनिक गरेको हो ।

बजाजले अपग्रेड सहित सार्वजनिक गरेको चेतक ३५ को तीन भेरियन्ट ३५०१, ३५०२ र ३५०३ भेरियन्टमा ल्याएको हो ।

कम्पनीले चेतक ३५०१ र ३५०२ को मूल्य क्रमशः १ लाख २७ हजार र १ लाख २० हजार रुपैयाँ (एक्स शोरुम) तोकेको छ । दुई भेरियन्टको मूल्य ल्याएको बजाजले तेस्रो भेरियन्ट ३५०३ को मूल्य भने सार्वजनिक गरेको छैन ।

बजाजले चेतक स्कुटरको नयाँ मोडल नयाँ फ्रेमको प्रयोग गरेको छ । नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । कम्पनीले फ्लोरवोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि मात्र नभएर रेन्जसमेत १५३ किलोमिटर पुगेको कम्पनीको दावी छ ।

यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्यूजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।


Back_to_top