काठमाडौं । रोयल इन्फिल्ड क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा उतार्ने तयारी अन्तिम चरणमा पुगेको छ । योसँगै बजारमा यसको चर्चा चुलिदो छ । भारतमा सेप्टेम्बरमा यसको विक्री सुरु हुनेछ ।
नेपाली बजारमा समेत रोयल इन्फिल्डको सर्वाधिक विक्री हुने क्लासीक ३५० मोडल नै हो । यस्तोमा रोयल इन्फिल्डका फ्यानहरुको बीचमा क्लासीक ३५० को बारेमा चासो हुनु स्वभाविक मानिन्छ ।
कम्पनीले नयाँ जेनेरेशन क्लासीक ३५० मा निकै नै परिर्वतन गरेको छ । क्लासीक ३५० न्यू जेनेरेशनका बारेमा थाहा पाउनै पर्ने कुराहरु यस प्रकार छन् ।
१. इन्जिन
रोयल इन्फिल्डले नयाँ प्लेटफर्ममा क्लासीक ३५० निर्माण गरेको हो भने यसमा नयाँ इन्जिनको प्रयोग गरेको छ । कम्पनीले ‘जे’ प्लेटफर्ममा निर्माण गरेको क्लासीक ३५० लाई मेटोर ३५० को प्लेटफर्ममा नै निर्माण गरेको हो । नयाँ प्लेटफर्ममा निर्माण भएको नयाँ क्लासिक ३५० को पावर थोरै बढेको छ ।
२. ट्रीपर नेभीगेशन
न्यू जेनेरेशन मोडलमा ट्रीपर नेभीगेशन दिइएको छ । तर, यसको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको सबै भेरियन्टमा भने ट्रीपर नेभीगेशन फिचर उपलब्ध हुने छैन । कम्पनीले टप भेरियन्टमा मात्र ट्रीपर नेभीगेशन दिने छ । कम्पनीले ट्रीपर नेभीगेशनलाई एशोसरिजका रुपमा भने विक्री गर्नेछ ।
३. किक स्टार्टर
न्यू जेनेरेशन क्लासीक ३५० मा कम्पनीले किट स्टार्ट गर्ने अप्सन हटाएको छ । कम्पनीले हालसम्म निर्माण गरेको क्लासीक ३५० का सबै भेरिन्यटमा किक स्टार्ट अप्सन दिएको थियो । पहिलो पटक किक स्टार्ट नभएको क्लासीक ३५० सार्वजनिक गर्दैछ ।
४.एबीएस
रोयल इन्फिल्डले एबीएस फिचर पनि अप्सनल दिएको छ । कम्पनीले केही भेरियन्टमा सिंगल च्यानल एबीएस र केही भेरियन्टमा डबल च्यानल एबीएस दिनेछ ।
५. कलर
कम्पनीले हालसम्म कै सर्वाधिक धेरै कलर अप्सनमा न्यू जेनेरेशन क्लासीक ३५० ल्याउने भएको छ । कम्पनीले यसलाई विभिन्न ११ कलरमा बजारमा उतार्ने छ ।
६. इग्निशन की
नयाँ जेनेरेशन क्लासिक ३५० मा पहिलाको जस्तो ‘इग्निशन की’ पनि नहुने भएको छ । कम्पनीले हालै मात्र सार्वजनिक गरेको मेटोर ३५० मा प्रयोग गरेको नव इग्निशन कीको प्रयोग गरेको छ । कम्पनी हर्जाड लाइट तथा इन्डिकेटरमा समेत नव की प्रयोग गरेको छ ।


