फोटोनका गाडीलाई एक घन्टामा सर्भिस सुविधा, खोल्यो नयाँ सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौंको स्थित सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ । उक्त नयाँ सर्भिस सेन्टरबाट ग्राहकलाई एक घन्टामा नै सेवा प्रदान हुने कम्पनीको दावी छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक सेवा प्रदान गर्न कम्पनीले नयाँ वर्कसप संचालनमा ल्याएको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए ।

नयाँ सर्भिस सेन्टर संचालनको विषयमा डंगोल भन्छन्, ‘फोटोनको वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतिक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था गरिएको छ ।’

१० सर्भिस वे भएको यो वर्कसप २१ हजार वर्ग फिटमा फैलिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।


Back_to_top