होन्डाको सस्तो सेडान अमेज, यस्तो छ मूल्य र फिचर, नेपालमा कहिले ?

होन्डाले भारतीय बजारमा आफ्नो सस्तो सेडान कार अमेज सार्वजनिक गरेको ३ महिना पुरा हुन लागेको छ । यो कारलाई होन्डाले भारतीय बजारमा ५ लाख ५९ हजार ९०० रुपैयाँ सुरुवाति मूल्य राखेर सार्वजनिक गरेको हो ।

होन्डाले अमेजलाई ४ ट्रिम लेवल र १२ भेरिएन्टमा ल्याएकाे छ । जसमा ६ वटा डिजल भेरिएन्ट र ६ वटा पेट्रोल भेरिएन्टमा सार्वजनिक भएका छन् ।

यसले भारतीय बजारमा मारुती सुजुकी डिजायरसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । यो होन्डाको सेकेन्ड जेनेरेशन अमेज हो । यसलाई कम्पनीले फेब्रुवरीमा भएको दिल्ली अटो शोमा शोकेस गरेको थियो । पुरानो अमेजभन्दा नयाँ अमेजमा धेरै फिचरहरु प्रिमियम र नयाँ लगाइएको छ । साथै, कम्पनीले यसको डिजाइनमा समेत फरक लुक्स दिएको छ ।

डिटेल स्पेशिफिकेशन हेर्न यहाँ क्लिक गर्नुस्

भारतीय बजारमा होन्डाले अमेजलाई ४ ट्रिम लेवल र १२ भेरिएन्टमा सार्वजनिक गरेको छ । जसमा ६ वटा डिजल भेरिएन्ट र ६ वटा पेट्रोल भेरिएन्टमा सार्वजनिक भएका छन् ।

कम्पनीले ल्याएको भेरिएन्टको नाम इ, एस, भी, भीएक्स, एस सिभिटी र भी सिभिटी रहेका छन् । यी भेरिएन्ट पेट्रोल र डिजेल दुबै भर्सनमा रहेका छन् ।

इन्जिन र क्षमता

नयाँ जेनेरेशन अमेजमा केही मेकानिकल परिर्वतन गरिएको छैन । यसमा १.२ लिटर पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिइएको छ ।

१.२ लिटर पेट्रोल इन्जिनले ८९ बीएचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ । त्यसैगरी १.५ लिटर डिजल इन्जिनले ९९ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ । दुबै कारमा ५ स्पिड म्यानुयल ट्रान्समिसन गियर बक्स दिइएको छ ।

डिजाइन र फिचर

होन्डा अकर्डको १० औं जेनेरेशनको डिजाइनबाट प्रेरित यो कार पुरानो अमेजभन्दा निकै स्टाइलिस देखिएको छ । यसको इ भेरिएन्टमा क्रोम ग्रिल, डुअल टोन इन्टेरिएर थीम र पियानो ब्ल्याक कन्सोल लगाइएको छ ।

साथै एयर कन्डिसन र ड्राइभर साइड अटो डाउन विन्डो दिइएको छैन । यी बाहेक अन्य कुरामा बेस भेरिएन्टमा कुनै लग्जरी फिचर दिइएको छैन ।

होन्डा अमेज एस भेरिएन्टमा इलेक्ट्रीक एडजस्टेवल र फोल्डेवल एलइडी टर्न इन्डिकेटर दिइएको छ । साथै, सार्क फिन एन्टीना र बडी कलर हैन्डल दिइएको छ । यसका अलावा किलेस इन्ट्री, अडियो कन्ट्रोल, टिल्ट स्टेरिङ, ४ स्पिकरको साथ २ डीन अडियो सिस्टम र ड्राइभर एडजस्टेवल सिट दिइएको छ ।

होन्डा अमेज भी र भी सिभिटी भेरिएन्टमा वेस भेरिएन्टको तुलनामा निकै अत्याधुनिक फिचर राखिएको छ । यसमा एलइडी पोजिसन हेडल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्रन्ट फगल्याम्प, इन्जिन स्टार्ट–स्टप बटम, एलोय ह्वीलजस्ता फिचर रहेका छन् ।  

होन्डा अमेज भीएक्स भेरिएन्ट सबैभन्दा टप भेरिएन्ट हो । यसमा थुप्रै लग्जरी फिचरहरु दिइएको छ । यसमा टचस्कृन इनफोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कार प्ले, क्रुज कन्ट्रोल, वान टच अप–डाउन विन्डो दिइएको छ । 

सुरक्षा

सुरक्षाको हिसावले यो कारमा कम्पनीले २ एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, चाइल्ड सिटट, रिर्भस पार्किङ सिस्टमदिइएको छ ।

माइलेज

माइलेजको हिसावले कारलाई होन्डाले निकै किफायती बनाएको छ । यसको पेट्रोल इन्जिन कारले १९.५ किलोमिटर प्रतिलिटर र डिजल इन्जिनले २८.८ किलोमिटर प्रतिलिटर माइलेज दिने छ । तर, एसभीटी मोडलको पेट्रोल कारले १९ र डिजेलकारले २३.८ किलोमिटर मात्र माइलेज दिने कम्पनीले जनाएको छ ।

कलर भेरिएन्ट

नयाँ जेनेरेसन होन्डा अमेजलाई कम्पनीले ५ कलरमा ल्याएको छ । जसमा रेडिएन्ट रेड, ह्वाइट, गोल्डन ब्राउन, मेटालिक र मोडन स्टिल मेटालिक रहेका छन् ।

मूल्य

भारतीय बजारमा यसको पेट्रोल भेरिएन्टको एक्स शोरुम मूल्य ५ लाख ५९ हजार ९०० देखि ७ लाख ९९ हजार ९०० सम्म रहेको छ भने डिजेल भेरिएन्टको मूल्य ६ लाख ६९ हजार ९०० देखि ८ लाख ९९ हजार ९०० सम्म तोकिएको छ ।

नेपालमा कहिले

नेपाली बजारमा होन्डा अमेज भदौ महिनाको अन्तिमसम्ममा ल्याउन प्रयास भर्इरहेकाे बुझनमा आएको छ । होन्डाको लागि नेपालको आाधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीको स्रोतका अनुसार सकभर नाडा अगाडि नै अमेज नेपाल आउन सक्छ ।


Back_to_top