यसकारण खास छ नयाँ ब्रेजा, पेट्रोल इन्जिनले तान्ला ग्राहक

मारुती सुजुकीले ब्रेजाको नयाँ संस्करण ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले ब्रेजालमा नयाँ सनरुफ, कटन एयरब्याग लगायतका थप विशेषता  प्रदान गरेको छ ।  

यस वर्षको फेस्टीभ सिजनमा सार्वजनिक गर्ने अनुमान गरिएको ब्रेजाको फेसलिफ्ट भर्सन अहिलेदेखि नै चर्चामा रहेको छ । रेगुलर मोडलको तुलनामा यसमा गरिएका परिमार्जन यस्ता छन ।

नयाँ इन्जिन

यसमा बीएस ६ मापदन्ड अनुरुपको १.५ लिटर पेट्रोल इन्जिन र १.३ लिटर डिजेल इन्जिन लगाइएको छ । पेट्रोल इन्जिनमा स्मार्ट हाइब्रिड युनिटको विशेषता दिइएको छ ।  

यसमा उपलब्ध इन्जिनले प्रतिलिटर २१.५६ किलोमिटर माइलेज  दिन्छ । इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन र फोर स्पीड अटोमेटिक गियरबक्स लगाइएको अनुमान गरिएको छ ।

सनरुफ

ब्रेजाको फेसलिफ्ट भर्सनमा हुन्डाई भेन्युमा दिइएको जस्तै सनरुफ लगाइएको छ । वान टच सनरुफमा ह्यान्ड अपरेट स्लाइडर लगाइएको छ ।

सुजुकी कनेक्टेड

सुजुकी कनेक्ट कम्पनीको टेलिम्याटिक र कनेक्टीभिटी एप हो । यसलाई स्मार्टफोनमा इन्स्टलगरि चलाउन सकिन्छ । अतिरिक्त फिचरका रुपमा लगाइएको यो एपको प्रयोग गर्न अतिरिक्त मूल्य तिर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, यस मोडलमा भेन्यूको जस्तै कनेक्टेड टेक्नोलोजी, भेइकल ट्राकिंग, भेइकल हेल्थ, जिइओ फेन्सिङ, इमन्र्जेन्सी असिस्टेन्स, सर्भिस रिमाइन्डरको विशेषता दिइएको छ ।

फोर कटन एयरब्याग

यसको टपस्पेक भेरियन्टमा कटन फोर एयरब्याग लगाइएको छ । हुन्डाई भेन्युको जस्तै यसको टपस्पेक भेरियन्टमा ६ ओटा एयरब्याग दिइने छ ।

डिजाइनमा परिवर्तन

नयाँ ब्रेजामा फ्रन्ट र रियरमा एलइडी लाइट, डे टाइम रनिंग लाइट, स्टाइलिस्ट हेडल्याम्प लगाइएको छ । यसमा विल्कुलै नयाँ अलोय ह्वील जडान गरिएको कम्पनीले जनाएको छ । 


Back_to_top