रेनोले आगामी महिना भारतीय बजारमा क्वीडको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । हाल, कम्पनीले परिक्षण गरिरहेको यो मोडलको क्र्याश टेस्ट अक्टोम्बरमा हुने कम्पनीले जनाएको छ । साथै अक्टोबरबाटै यो बजारमा आउने छ ।
कम्पनीले भारतीय बजारमा २०१५ को सेप्टेम्बरमा र दक्षिण अफ्रिकामा २०१६ को नोभेम्बरमा यसको रेगुलर मोडल सार्वजनिक गरेको थियो । हाल, सार्वजनिक हुने भएको उक्त मोडलमा एबीएस, आकर्षक डिजाइन, रेडिएर ग्रिल, फ्रन्ट र रियर बम्पमाग टेल ल्याम्प दिइएको छ ।
साथै, नयाँ मोडलमा न्यु फेब्रिक सिट, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता विशेषता दिइएको छ । यसमा बीएस ६ मापदन्ड अनुसारको १.० लिटर एससिइ न्याचुरल थ्री सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ । यसले ६८ पीएस पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गिएरबक्स लगाइएको छ । यसको साथै, ०.८ लिटर पेट्रोल इन्जिन दिइएको छ जसले ५६ पिएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ ।
नयाँ क्वीड केजेडइमा दिइएको जस्तै, स्प्लिट हेडलाइट, एलइडी डिआरएलएस, नयाँ हब क्याब, एलइडी इन्सर्ट, थ्रि लग नट, ८.० इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने छ ।

