कियाले कार्निभलभन्दा कम मूल्यको एमपीभी ल्याउने

काठमाडौं । कोरियन कार उत्पादक कम्पनी कियाले भारतमा बनाएको सेल्टोस र सोनेटपछि नयाँ मिडसाइज एमपीभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो भविष्यको लाइनअपको विषयमा तयार गरेको प्रेजेन्टेशनको अनुसार सन् २०२२ को सुरुवातमा नै उक्त एमपीभी बजारमा आउने छ ।

कम्पनीले उत्पादन कोण नेम ‘केवाई’ दिएर यसको उत्पादन सुरु गरेको छ । कम्पनीले उक्त एमपीभी भारतको अलावा अन्य सार्क मूलूकहरु र थाइल्याण्ड र इन्डोनेशियामा यसको निर्यात गर्ने छ ।

कम्पनीले कार्निभल भन्दा कम मूल्यमा ल्याउने उक्त नयाँ एमपीभी किया सेल्टोस र हुन्डाई क्रेटामा प्रयोग गरिएको प्ल्याटफर्ममा उत्पादन गर्ने छ । यहि सेग्मेन्ट र प्ल्याटफर्ममा हुन्डाईले स्टारिया एमपीभी पनि बनाइ रहेको छ । संभवत हुन्डाईले आफ्नो एमपीभी २०२१ को मध्यसम्ममा बजारमा ल्याउने छ ।

कियाको नयाँ एमपीभीमा १.५ लिटर पेट्रोल इन्जिन दिइने छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्ने छ । साथै, कम्पनीले यसमा १.४ लिटर टर्बो पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्ने छ ।

संभवत कम्पनीले यसमा १.५ लिटर डिजल इन्जिन पनि दिने छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । कम्पनीले ल्याउने नयाँ एमपीभीले टोयोटा इनोभा, महिन्द्रा मराजो जस्ता एमपीभीसँग प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top