बाहिरियो टाटाको नयाँ मोडल ‘एरिस’को टिजर

काठमाडौं । टाटाले आफ्नो नयाँ कम्पयाक्ट सेडान एरिसको पहिलो टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसको विस्तृत विवरण सार्वजनिक गर्नु अघि टिजर बाहिर ल्याएको हो ।

टाटाले टिगोरको अपडेटेड मोडललाई नै नयाँ एरिस नाममा ल्याउने अपेक्षा गरिएको छ । टाटाले एरिसको स्पेसिफिकेसन यही सेम्टेम्बर २५ मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यसअघि नै टाटाले एरिस नामको ट्रेडमार्क दर्ता गराएको खबर बाहिरिएको थियो । सार्वजनिक टिजर अनुसार एरिस नयाँ आकर्षक डिजाइनको देखिएको छ ।

टिजरमा एउटा कार साँचोबाट बाहिर निस्किँदै गरेको देखाइएको छ । जसमा कारको अगाडिको केही बाहिरी भाग बैजनी रङमा देखिन्छ । यसको अगाडि भागमा पातलो माथिल्लो एलईडी स्ट्रिपको साथमा एउटा एंगुलर हेडल्याम्प एसेम्ब्ली देखिन्छ । यसको मुनि तेर्सो विवरण र बाहिरी किनारतर्फ एलईडी फग ल्याम्प भएको कालो तल्लो बम्पर इनटेक छ । ग्रिल र बम्परको डिजाइन गोप्य नै राखिएको छ ।

सार्वजनिक टिजरमा एरिसको इन्टेरियर बारे कुनै जानकारी दिइएको छैन । टाटा एरिसको बनावट यसै वर्षको सुरूमा सार्वजनिक गरिएको टियागोको नयाँ स्वरूपबाट प्रभावित हुने अपेक्षा गरिएको छ । यसको अगाडिको भाग पूर्ण रूपमा नयाँ हुनेछ । जसमा पातलो ग्रिल, नयाँ आकर्षक बम्पर र तल्लो भागमा फोग ल्याम्पहरू रहनेछन्। यो सेडानमा डीआरएल सहितको सबै एलईडी लाइट सेटअप रहने सम्भावना छ ।

टाटा टिगोर जस्तै एरिसमा पनि परम्परागत थ्री बक्स सेडानको सट्टा नचब्याक शैली कायम राखिनेछ । यसमा नयाँ १५ इन्चको अलोय ह्वीलहरू रहने अपेक्षा गरिएको छ। पछाडिको भागमा नयाँ टेलगेट र आपसमा जोडिएको एलईडी टेलल्याम्प सेटअप पाइने आशा गरिएको छ। ठाडो रिफ्लेक्टरहरू र एरिस अक्षर लेखिएको नयाँ आकर्षक बम्परले यसको लुकलाई पूर्णता दिनेछ ।

कम्पनीले ग्राहकहरूलाई उत्कृष्ट र प्रिमियम क्याबिनको अनुभव दिने लक्ष्य राखेको छ। एरिसमा नयाँ गुणस्तरीय सामग्री, बनोट र फिनिसिङ प्रयोग गरिनेछ। यसको ड्यासबोर्डको डिजाइन टाटा टियागोको जस्तै दुईवटा अलग्गै स्क्रीन र तेर्सो डिजाइनका एलिमेन्टहरू हुने छन् ।

यसमा टियागोमा उपलब्ध गराइएका जस्तै सुविधाहरू रहने अपेक्षा गरिएको छ। टाटा एरिसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले समर्थन गर्ने १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट युनिट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ उपलब्ध हुन सक्छ।

एरिस पेट्रोल र ईभी दुवै पावर ट्रेनमा आउने अपेक्षा गरिएको छ । यसको पेट्रोल भर्सनमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहेन छ । जसमा मा ५ स्पीड म्यानुअल र ५ स्पीड अटेमिटक गियरबक्ससँग जोडिने छ । यो इन्जिनले ८६ हर्ष पावर र ११३ न्युटन मिटर टर्क उत्पन्न गर्नेछ ।

एरिस ईभीमा टियागो ईभी को जस्तै १९.२ किलोवाट र २४ किलोवाट आवरको ब्याट्री प्याक विकल्पहरू रहन सक्ने सम्भावना छ ।


Back_to_top