काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले टोयोटा ग्रुप एसियासँगको सहकार्यमा बाढी प्रभावितका लागि ३ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
यो सहयोग रकमले विपद् प्रभावित क्षेत्रमा राहत कार्यलाई तीव्रता दिन र क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण तथा पुनस्थापनमा सहयोग पुग्ने कम्पनीको विश्वासछ ।
युनाइटेड ट्रेडर्सले आगामी दिनमा पनि नेपालको समृद्ध, सबल र उत्थानशील भविष्य निर्माणका लागि प्रतिबद्ध रहँदै संकटको यस घडीमा देश र जनताको साथमा उभिने जनाएको छ।
साथै, कम्पनीले यस कठिन परिस्थितिमा राहत, उद्धार तथा पुनरुत्थानको कार्यमा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय सहायता संस्थाहरू, स्वयंसेवकहरू एवं स्थानीय समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ।

