हुन्डाई मोटर्सले भारतीय बजारमा मारती सुजुकी अल्टोको बढ्दो बजारलाई मध्यनजर गर्दै इन्ट्री लेवल कारमा प्रतिस्पर्धा गर्न कम मूल्यमा बिक्री गर्नेगरी सेन्ट्रोको नयाँ भेरियन्ट ल्याउने तयारी गरेको जनाइएको छ ।
कम्पनीले अल्टोको सुरुवाति मूल्य र सेन्ट्रोको सुरुवाति मूल्यमा एक लाख भारतीय रुपैयाँको फरक रहेकाले प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै सस्तो मूल्यमा नयाँ भेरियन्ट ल्याउने भएको हो ।
आफ्नो इन्ट्री लेवल मोडल इओन बन्द भएको र मारुती सुजुकी अल्टोसँग प्रतिस्पर्धा गर्ने उत्पादन नभएकोले कम मूल्यको सेन्ट्रो ल्याउने तयारी भइरहेको अटोकार इन्डियाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
अहिले सेन्ट्रोको ५ भेरियन्ट बिक्री वितरण भइरहेको छ । त्यसमध्य डिलाईट भेरियन्टमा एसीको सुविधा समेत उपलब्ध छैन । त्यसैले नेपाली बजारमा सेन्ट्रोको डिलाईट र इरा भेरियन्ट ल्याइएको छैन ।
भारतीय सुरक्षा मापदन्ड अनुसार एबीएस र एयरव्याग जस्ता फिचर अनिर्वाय हुनु पर्ने भएकाले हुन्डाईले ल्याउने सस्तो भेरियन्ट कस्तो हुन्छ भनेर अहिल्यै अनुमान लगाउन सक्ने अवस्था छैन । यद्यपी कम्पनीले सस्तो मूल्यमा कुनै एक भेरियन्ट ल्याउने विषयलाई भने नकार्न सकिदैन ।

