नयाँ भर्सनमा आउँदै हुन्डाई ग्रान्ड आई-१०, यस्तो छ नयाँ परिवर्तन

हुन्डाईले आगामी अगटस्ट १० मा  भातरीय बजारमा ग्रान्ड आइ १० को नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ । नयाँ ग्रान्ड आई–१० मा कनेक्टिभिटी सिस्टम प्रदान गरिएको कम्पनीले जनाएको छ । 

स्पाई लुकमा निर्माण भएको यस ह्याचब्यकको एक्सटेरियर र इन्टेरियरमा स्पोर्टी लुक दिईएको छ । नयाँ फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्वील, सार्पर हेडलाइट र न्यु टेलाइट लगाइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको विशेषता दिइएको छ । 

यसमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ, भने इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।   

 कम्पनीले मारुती सुजकीको स्टार्टेजीलाई अवलम्बन गर्दै ग्रान्ड आइ १० को नयाँ संस्करण निर्माण गरेको हो । 


Back_to_top