नयाँ वर्षमा बाइक किन्नेलाई बिक्रेताले दिए यस्तो अफर

काठमाडौं । नयाँ वर्ष २०७६ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल्स बिक्रेता कम्पनीले ग्राहक लक्षित नयाँ योजना ल्याएका छन् । नेपाली बजारमा उपलब्ध दुईपाँग्रे सवारी बिक्रेता कम्पनीले आकर्षक ग्राहक योजना सार्वजनिक गरेका छन् । 

बजारमा उपलब्ध होन्डा, टिभिएस, बजाज, यामाहा, हिरोलगायतका विभिन्न कम्पनीले आफ्ना उत्पादन बेचिरहेका छन् । प्राय, सबै कम्पनीले विशेष अवसरमा विशेष योजना ल्याउने गरेका छन् । 

नयाँ वर्षमा कुन कम्पनीले के योजना ल्याएका छन् भन्ने विषयलाई समेटेर हामीले यो रिपोर्ट बनाएका छन् । यसले यदी तपाई बाइक तथा स्कुटर किन्दै हुनुहुन्छ भने कुनमा कस्तो अफर छ भन्ने बुझन सजिलो हुनेछ । 

यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर


यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका ७०० जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउने छन् । जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । 

नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ ।

टीभीएसको आकर्षक छुट


टीभीएसको स्कुटर तथा मोटरसाइकल बिक्रेता कम्पनी जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ लाई लक्षित गर्दै ग्राहकलाई नयाँ अफर दिएको छ । कम्पनीले नयाँ ग्राहकलाई लक्षित गर्दै हरेक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्योर सट अफरमार्फत अधिकतम सात हजार रुपैयाँसम्म छुट दिने जनाएको छ । 

कम्पनीले अपाची आर आर–३१०, अपाची आरटीआर–२०० भी टु, आरटीआर–२००, आरटीआर–१८०, आरटीआर–१६० फोर–भी, आरटीआर–१६० लगायतका ११ वटा भिन्न मोडलका मोटरसाइकलको बिक्री गर्दै आएको छ । कम्पनीले यी सबै मोडलमा उक्त अफर प्रदान गर्ने जानकारी दिएको छ । 

बजाजको उल्टो अफर 


बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ ल्याएको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना ल्याएको हो । 

यो योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन । साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्नेछन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरि यो योजनाको लाभ लिन सक्नेछन् । 

होन्डाको ‘सातामै पाँच लाख नगद’ 


होन्डा मोटरसाइकलको आधिकारिक बितरक स्याकार ट्रेडिङले नयाँ वर्षमा आफ्ना मोटरसाइकल तथा स्कुटर खरिदकर्तालाई आकर्षक अफर प्रदान गर्ने भएको छ । कम्पनीले एक सातामा स्कुटर वा मोटरसाइकल खरिद गर्नेमध्ये एक जना ग्राहकलाई ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यस्तै स्क्रयाच कार्ड मार्फत १ लाखसम्म छुट गर्ने भएको छ भने पाँच वर्षसम्म फ्रि सर्भिसिङका साथै पाँचै वर्ष सम्ममा स्पेयर पार्टमा १० प्रतिशत डिस्काउन्ट गर्ने भएको छ । होन्डाले सबै स्कुटर र मोटरसाइकलमा उक्त अफर प्रदान गर्ने भएको हो । 

सीएफमोटोको २० हजारदेखि २ वर्ष निःशुल्क स्पेयर्स पार्टस


सीएफमोटो बाइकका लागी नेपालको आधिकारीक वितरक आना इन्टरनेशनलले नयाँ बर्षको अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘अफर हाम्रो रोजाइ तपाईको’ नामक अफर सार्वजनिक गरेको हो । ग्राहकले सीएफमोटोको बाइक किन्दा २ भिन्न अफर प्याकेज छान्न सक्नेछन् । 

अफर १ मा अल्फा राइडिङ ज्याकेट, हेल्मेट, १ बर्षको फुल इन्स्योरेन्स, रोड ट्याक्स, २ बर्ष वारेन्टी र २ बर्षसम्मको लागि आयल फिल्टर, एयर फिल्टर र ब्रेक प्याड निशुल्क प्रदान गर्ने छ । यस्तै अफर २ मा २० हजार क्यास ब्याक, २ बर्ष वारेन्टी, हेल्मेट, र सडक दस्तुर कम्पनीले ग्राहकलाई प्रदान गर्ने छ ।

रमन मोटर्सको एक लाख जित्ने मौका


रनर मोटरसाइकलको आधिकारीक वितरक रमन मोटर्सले नयाँ वर्षको लागि विशेष अफर ल्याएको छ । रमन मोटर्सले नयाँ वर्षमा मोरसाइकल खरिद गर्ने ग्राहकलाई स्क्राच कार्ड मार्फत १० हजारदेखि १ लाखसम्म क्यास डिस्काउन्ट गर्ने भएको छ । एक्सचेन्स अफरमा हालसम्मकै उत्कृष्ट मूल्यांकन र स्पट फाइनान्सको व्यवस्था गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले हवाक २०० सीसी मोटरसाइकलको मूल्यमा समेत २० हजार क्यास डिस्काउन्ट गर्ने भएको छ । 


Back_to_top