मोटरसाइकल किन्दै हुनुहुन्छ ? हेर्नुस् कुन कम्पनीको कस्तो अफर

काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०७५ आज बाट सुरु भएको छ । नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने, नयाँ उपभोग्य सामाग्रि खरिद गर्ने नेपालीहरूको परम्परा नै हो । 

नयाँ वर्षमा विशेषगरी नयाँ गाडी तथा दुईपाङ्ग्रे सवारीको समेत विशेषरुपमा बिक्री/वितरण हुने गरेको छ । सोहीलाई मध्यनजर गर्दै नेपालमा दुईपाङ्ग्रे सवारी बिक्रेताहरूले आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । जसका कारण उपभोक्तहरूको विशेष ध्यान तान्ने गरेको छ । अधिकांश बिक्रेताहरूले वैशाख १ देखि मसान्तसम्म नयाँ वर्षको नयाँ अफरहरू दिएका छन् । जसमा कुनैले बम्पर उपहार राखेका छन्, कुनैले क्यास व्याकअफर दिएका छन् भने कुनैले हात खाली नजाने अफरहरू दिएका छन् । 

नेपालको लागि रनर बाइकको नेपालका लागि आधिकारी बिक्रेता रमन मोटर्सनले ‘नयाँ वर्ष नयाँ, उपहार रनर बाइकमा विशेष छुटको वहार’ योजना ल्याएको छ । वैशाख मसान्तसम्म लागू हुने उक्त योजना बिक्री गर्दैआएको ७ मोडलका बाइक तथा स्कूटरमा एकमुष्ट छुट दिँदै नयाँ मूल्य सार्वजनिक गरेको छ । 

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पनि ‘नयाँ वर्षमा हिरोको प्राइजात्रा’अफर सार्वजनिक गरेको छ । जसमा हात खाली नजाने ६ हजारदेखि ८ हजार रुपैयाँ छुट तथा बम्पर अफरअन्तर्गत १ लाखसम्म छुट दिनेछ । उक्त अफर योजना पनि वैशाख मसान्तसम्मको लागि दिने भएको छ । 

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारी बिक्रेता हन्सराज हुलास चन्द्र प्रालिले बजाज मोटरसाइकलको लागि नयाँ वर्षमा ‘युगारम्भ’ योजना सार्वजनिक गरेको छ । 

टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारी बिक्रेता जगदम्बा मोटर्सले ‘नयाँ वर्षको सुरुवात जीवनभरको साथ ८००१ पक्का’ योजनाल्याएको छ । जसमा ८ हजार १ रुपैयाँ छुट दिनेछ ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू प्रालिले नयाँ वर्षमा रिसेल भ्यालू परमिस अफर सार्वजनिक गरेको छ । जसमा ७५ प्रतिशतसम्म भ्यालूयसन गर्ने योजना यामाहाले सार्वजनिक गरेको छ । 

रोयल इनफिल्ड मोटरसाइलको लागि नेपालको आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले पनि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । जसमा ५ हजार रुपैयाँसम्म छुट दिने योजनामा राखिएको छ ।


Back_to_top