बन्दै नेक्स्ट जेनेरेशन महिन्द्रा थार, यस्ता हुनेछन् नयाँ विशेषता

महिन्द्रा कम्पनीले आफ्नो चर्चित एसयूभी थारलाई नयाँ जेनेरेशनमा ल्याउने भएको छ । कम्पनीले आफ्नो वेभसाइटमा निर्माणाधीन मोडलको तस्विर सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।

नयाँ डिजाइन र स्वरुपमा निर्माण भएको थार पुरानो मोडलको तुलनामा निकै आकर्षक तथा ठूलो हुने अनुमान गरिएको छ । यसको लम्बाई, उचाई र चौडाई रेगुलर मोडलकोभन्दा बढी हुने कम्पनीले जनाएको छ ।

आधुनिक डिजाइनमा आधारित थारमा नयाँ ड्याशबोर्ड, करेन्ट मोडलमा उपलब्ध फिट एयरब्यागलगायत सुरक्षालाई मध्यनजर गर्दै विभिन्न विशेषता दिइनेछ । यतिमात्रै नभई, ड्राइभर र यात्रुको सचेतका लागि सिटबेल्ट रिमान्डर जडान गरिनेछ ।

महिन्द्रा थारमा एम–२ डीआईसीआर २.५ लिटर डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले ६३ बीएचपी पावरकासाथै १९५ एनएम–टर्क उत्पादन गर्छ भने २.५ लिटर इन्जिनले १०५ बीएचपी पावरकासाथै २४७ एनएम–टर्क उत्पादन गर्छ । नयाँ थारमा प्रयोग हुने इन्जिन भारतीय प्रदुषण मापदन्ड बीएस ६ मापदन्डअनुरुप तयार पारिएको कम्पनीको दाबी छ ।

यद्यपी महिन्द्रा कम्पनीका एमडी पवन गोयन्काले दोस्रो जेनेरेशनको महिन्द्रा थार–२०२० पछि मात्रै आउने जानकारी दिए । उनले, २०१९को सुरुवातमा एस–२०१ सार्वजनिक गर्ने भएकाले नयाँ अवधारणामा निर्माण हुने थार २०२० पछिमात्रै आउने बताए ।


Back_to_top