ब्राजिलियन स्टार नेयमारको रोजाइमा यी ७ कार, मूल्य एउटाकै ७ करोड

काठमाडौं । अहिले विश्वभर फिफा विश्वकपको माहोल छ । रसियामा गत जुन १४ देखि सुरु भएको विश्वकपको २१ औं संस्करणको प्रि क्वाटरफाइनको खेल सुरु भइसकेको छ । यस्तैमा फुटबलरहरुको कार मोहबारे यहाँ चर्चा गरिएको छ । ब्राजिलियन स्टार खेलाडी नेयमार उत्कृष्ट खेल्ने मध्येमा पर्छन् । 

२६ वर्षिय फुटबलर नेयमारसँग थुप्रै कारहरु रहेका छन् । खेलाडीहरु आफूसँग अरुको भन्दा भिन्न कार होस् भन्ने चाहन्छन् । यहाँ नेयमारसँग भएका कार कलेक्सनको तस्बिर रहेको छ : 

१. फरारी ४५८ स्पाइडर

नेयमारसँग फरारीको ४५८ स्पाइडर कार रहेको छ । यो कारमा ४ हजार ९ सय ९९ सीसीको भी८ इन्जिन रहेको छ । यो कारको नेपाली रकममा मूल्य करिब ७ करोड ३६ लाख रुपैयाँ रहेको छ । 

२. मासराती एमसी १२

इटालियन कार उत्पादक कम्पनी मासरातीले यो कार लिमिटेड इडिसन उत्पादन गरेको हो । दुई सिटर मासराती एमसी १२ स्पोर्टस कार हो । ५ हजार ९ सय ९८ सीसीको यो कारमा भी१२ इन्जिन प्रयोग गरिएको छ । यो कारको मूल्य ७ करोड रुपैयाँ भन्दा बढी रहेको छ । 

३. अडी आरएस७

अडी आर७ मा ४.० लिटर भी८ ट्वीन टर्बो इन्जिन युक्त कार हो । ब्राजिलियन स्टार नेयमारसँग यो कार पनि रहेको छ । यो कारको मूल्य करिब ३ करोड नेपाली रुपैयाँ हाराहारी रहेको छ । 

४. फक्सवागेन टोरेग

जर्मन कार निर्माता कम्पनी फक्सवागेनको टोरेग एसयुभी पनि नेयमारको कलेक्सनमा रहेको छ । यो कारमा ३.० लिटर भी६ टीडीआइ इन्जिन रहेको छ । यो गाडीको मूल्य भारतीय बजारमा ५८ लाख ५० हजार रहेको छ । 

५.पोस्र्च पानामेरा टर्बो

जर्मन स्पोर्टस कार निर्माता कम्पनी पोस्र्चले उत्पादन गरेको पानामेरा टर्बो कार नेयमार संग रहेको छ । यो कारमा ४.० लिटरको भी८ इन्जिन प्रयोग गरिएको छ । यो कारको मूल्य ४ करोड नेपाली रुपैयाँ भन्दा बढी रहेको छ । 

६. अडी क्यू७

जर्मन कार निर्माता कम्पनी अडीको क्यू७ कार उनको ग्यारेजमा पाउन सकिन्छ । २.० लिटर इन्जिन युक्त यो कारको मूल्य १ करोड ६० लाख नेपाली रुपैयाँ रहेको छ । 

७. भोल्भो एक्ससी६०

स्वीस कार निर्माता कम्पनी भोल्भोको एक्ससी६० नेयमारको रोजाइको कार हो । उनीसँग रहेको यो कार २.० लिटर इन्जिन युक्त छ । यो कारको मूल्य १ करोड रुपैयाँ रहेको छ ।


Back_to_top