काठमाडौं । करको प्रयोग विलाशिताबाट आवश्यकतामा परिणत भएको करिब ५० बर्षभन्दा बढि समय भइसकेको छ । नेपालमा पनि कारको आयात भएको १०० बर्ष भैसकेको अहिलेको सन्दर्भमा पुराना तथ्य र तथ्यांकमा चाखलाग्नु स्वभाबिक हो ।
त्यसले कार सम्बन्धी केही तथ्य हामीले दिने प्रयास गरेका छौं । यसको आविस्कार, प्रयोग र घटनाक्रमलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यस्ता छन् कार बारे केही रोचक तथ्यः
१. विश्वमा अहिले १ अर्ब कारहरु प्रयोगमा छन् ।
२. एकदिनमा करिब १ लाख ६५ हजार कारहरुको निर्माण हुन्छ।
३. ९५ किमि प्रति घन्टाको रफ्तारले कारबाट चन्द्रमा पुग्न ६ महिनाभन्दा कही दिन कम लाग्छ।
४. हिट्लर आफु जेलमा रहदा मर्सिडिजको डिलरलाई कार लोन दिलाईदिन पत्र लेखेका थिए।
५. एउटा स्मार्ट कारमा १९ जनासम्म युवतीलाई अटाउन सकिन्छ ।
६. एउटा सामान्य कारमा ३० हजार पार्ट–पूर्जा हुन्छ ।
७. ब्राजिलमा बिक्रि हुने नयाँ कारको ९२ प्रतिशत कारमा फ्युलको रुपमा इथानोलको प्रयोग हुन्छ ।
८. रोल्स रोयसले अहिलेसम्म उत्पादन गरेको कारमध्य ७५ प्रतिशत अझै पनि सडकमा गुड्दैछन्।
९. एउटा अमेरिकनले वर्षमा करिब ३८ घन्टा ट्राफिकमा बिताउँछन् ।
१०. विश्वमा पहिलो कार दुर्घटना अमेरिकाको ओहायोमा सन् १८९१ मा भएको थियो।
११. कार दुर्घटनामा मृत्यु हुने सम्भावना ५ हजारमा १ बराबर हुन्छ ।
१२. रसियामा फोहोर कारमा सबार हुनु अपराधिक गतिबिधि मानिन्छ ।
१३. तुर्कमिनिस्तानमा कार ड्राइभरले महिनाको १२० लिटर पेट्रोल सित्तैमा पाउँछन् ।
१४. लस एञ्जलसमा मानिसको सन्ख्या भन्दा कारको संख्या बढि छ ।
१५. आजकलका इन्जिनले आवाज पैदा गर्दैनन्, गर्छन भने स्पिकरको माध्यमबाट नक्कलि आवज पैदा गरिन्छ।
१६. एउटा कारको जीवनकालको ९५ प्रतिशत समय पार्किङमा बित्छ।
१७. बीसौ सताब्दीको सुरुवातमा घोडाको सौचले धेरै प्रदुषण गर्दा कारलाई ग्रीन अल्टर्नेटिवभ्सको रुपमा हेरिएको थियो ।
१८. एउटा सामन्य बुगाटी मालिक सङ करिब ८४ कार, ३ जेट र १ यट हुने गर्छ।
१९. नर्वेमा नयाँ बिक्रीहुने कारहरुमा या त इलेक्ट्रिक या त हाइब्रिड रहेका छन् ।
२०. एयरब्यागलाइ फुल्न ३० मिलिसेकेण्ड लाग्छ।
२१. सन १८९८ मा पोर्शाले निर्माण गरेको पहिलो कार इलेक्ट्रिक थियो ।
२२. सन् २०१७ मा टेस्ला इन्क फोर्डलाई उछिन्दै दोस्रो धनि कार कम्पनी बन्यो ।
२३. सन २०१३मा सेतो रङकाे कार सबैभन्दा लोकप्रिय रह्यो ।
२४. जम्मा १८ प्रतिशत अमेरिकनले मात्रै म्यनुअल ट्रान्स्मिसनको कार हाक्न सक्छन् ।
२५. अमेरिका र युरोपिएन युनियनको कानुनले इलेक्ट्रिक कारले आर्टिफिसियल भएपनि आवाज निकाल्नु पर्ने व्यवस्था गरेको छ किन भने गाडीको आवाजले बटुवा सजग हुन सकुन् ।