मासिक ११ हजार किस्तामा नै एनआईसी एसियाको गाडी कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ योजना सार्वजनिक गरेको छ । यो योजना ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

‘एनआईसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले चमत्कारिक लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने), आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, प्रशासनिक सेवा शुल्कमा विशेष छुट तथा घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरेको जनाएको छ । 

यो नयाँ चमत्कारिक कर्जा योजनाहरु बैंकको मुलुकभर रहेको २४४ वटै शाखा कार्यालयबाट ग्राहकले चाहेको गाडीको लागि बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


Back_to_top