काठमाडौं । गरिमा विकास बैंक र टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच टोयोटका गाडीमा गरिमा विकास बैंकले कर्जा लगानी गर्ने समझदारी भएको छ ।
बैंकले टोयटाका गाडीहरु खरीद गर्न चाहनेको लागि साढे १० प्रतिशत ब्याजमै अटो लोन दिने जनाएको छ ।
बार्षिक साढे १० प्रतिशतका दरले ब्याजलाग्ने उक्त कर्जा १२ बर्षसम्मका लागि दिइने बैंकले जनाएको छ । टोयोटाका खरिदकर्ताले १४४ महिनासम्म किस्तीर्ने सुविधा पाउने छन् । जसले इएमआई कम पर्न जान्छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गिविन्दप्रसाद ढकाल र युनाइटेडका महाप्रबन्धक महेशकुमारले हस्ताक्षर गरेका छन् ।
लिभा इटिओस २९ हजार २०२ र इटियोस क्रस ३३ हजार ४१९ रुपैयाँ मासिक किस्तामा उपलब्ध हुन्छ । साथै टोयटा रस ५३ हजार २३२ रुपैयाँमा मासिक किस्तामा पाइने विज्ञप्तिमा उल्लेख छ ।

