एमजीका कार किन्नेलाई इन्भेष्टमेन्ट बैंकले १ प्रतिशत प्रिमियममै कर्जा दिने

काठमाडौं । एमजीका विद्युतीय गाडीमा सरल र सहज तरिकाले कर्जा सुविधा उपलब्ध गराउन इन्भेष्टमेन्ट मेगा बैंक र पारामाउन्ट मोटर्स बीच एक सम्झौंता भएको छ । सम्झौंता अनुसार बैंकले एमजीका गाडीमा सहज कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

विद्युतीय सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिने बैंकले वेसरेटमा १ प्रतिशत प्रिमियम जोडेर कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यो निकै राम्रो ब्याजदर मानिन्छ ।

बैंकले एमजीले बिक्री गर्दै आएको जेडएस ईभी, एमजी फोर, एमजी कोमेट जस्ता मोडलमा यो सुविधा दिन लागेको हो ।एमजीका गाडी किन्ने ग्राहकलाई बैंकले तीन कार्य दिन भित्र कर्जा स्विकृती दिने सम्झौंतामा उल्लेख छ ।


Back_to_top