भारतका चर्चित हिरा व्यापारी निरभ मोदीसँग गरेको कार लिलामी गरिएको छ । व्यापारमा वदमासी गरेका उनी अहिल पनि फरार रहेका छन् । मेटल स्क्राप ट्रेडिङ कर्पोरेशन (एमएसटीसी)ले निरभको कार अनलाइन अक्सन (लिलाम) गरेको थियो ।
लिलाम गरिएका निरभ मोदीका अधिकांश कारमा भीआइपी नम्बर प्लेट रहेका छन् । कारको मूल्य वेस प्राइस र कन्डिसनको आधारमा तय गरिएको हो । उनका कार इनफोर्समेन्ट राइलेक्टरेड (इडी)ले सिज गरेको थियो । मोदीलाई ठगीको मुद्दा लागेपछि इडीले सम्पत्ति सिज गरेको हो ।
मोदीसँग रहेका १३ कार मध्ये १२ कार २ करोड २८ लाख भारुमा लिलामी भएको हो । शनिबार १२ बजेदेखि ४ बजेसम्म कार लगामीमा राखिएको थियो ।
मोदीसँग रोल्स रोयसको घोस्टदेखि टोयोटा कोरोलासम्म कार थियो । कोरोला कार भने लिलामी भएन । रोल्स रोयस घोस्टको वेस रेट १ करोड ३३ लाख भारु तोकिएको थियो जसको नम्बर एमएच–०१–एएस–८ रहेको थियो । त्यस्तै मोदीको लिलामी भएका कारमा पोस्र्च पानामारा, मर्सिडिज बेन्ज जीए३५०, सीएलएस३५०, टोयोटा इनोभा क्रिस्टा, होन्डा सीआर–भी, बीएमडब्लू एक्१, २ होन्डा ब्रियो रहेको थियो ।


