पावरफुल मोटरमा निसान ‘आरिया’, फुल चार्जमा ५०० किमि रेञ्ज

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले पहिलो क्रसओभर एसयूभी आरियाको ग्लोवल प्रिमियर भएको छ । हिजो जुलाई १५ मा कम्पनीले आरियाको ग्लोवल प्रिमियर गरेको हो ।

सन् २०२१ बाट ग्राहकले किन्न सक्ने आरिया निसानको दोस्रो इलेक्ट्रीक कार हो । निसानले २०१० देखिनै इलेक्ट्रीक कार उत्पादनमा लगानी बढाउँदै लगेको छ । कम्पनीको पहिलो इलेक्ट्रीक कार निसान लिफ हो ।

कम्पनीले ल्याउने आरिया यूरोप, अमेरिका, जापान, चीन लगायतका देशमा पहिलो चरणमा उपलब्ध हुने छ भने त्यसपछि क्रमश अन्य देशमा बिक्री वितरण हुने छ ।

निसानले आरियाको पहिलो प्रोटोटाइप २०१९ मा देखाएको थियो भने २०२० कन्जुमर इलेक्ट्रोनिक्स एक्सपो लसभेगासमा शोकेस गरेको थियो । निसानको यो एसयूभी एकपटको फुल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने छ ।

कम्पनीले यसमा ६३ किलोवाट आवर र ८७ किलोवाट आवर क्षमताको व्याट्री प्रदान गरेको छ । यसको टप भेरियन्ट निकै पावर फुल रहेको छ । यसले ३९४ हर्स पावर र ६०० एनएम टर्क प्रदान गर्ने छ । रहेको आरिया इलेक्ट्रीक एसयूभी मार्केटमा अब्बल रहन सक्ने अनुमान गरिएको छ ।

सानो व्याट्री सहितको आरियाले भने २१८ हर्स पावर शक्ति प्रदान गर्ने छ भने एक पटकको फुल चार्जमा ३६० किलोमिटर चलाउन सकिने छ । दुबै एसयूभी रियर ह्वील ड्राइभ अप्सनको साथ बजारमा आउने छ । साथै टप भेरियन्ट भने फोर ह्वील ड्राइभ अप्सनमा आउने छ ।

यस एसयूभीको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहने छ । यो गाडीको लम्बाई ४५९५ एमएम, चौडाई १८५० एमएम र उचाई १६६० एमएम रहेको छ भने ह्वील वेस २७७५ एमएम रहेको छ ।

निकै रोमाञ्चक र आरामदायी यात्राको लागि आरियासहि छनोट हुने कम्पनीको दाबी छ । यसमा निसानको प्रोपाइलट २.० सिस्टम जडान रहेको छ । यस सिस्टमले गाडी चालकलाई सुरक्षीत तरिकाले गाडी चलाउन प्रेरित गर्ने छ ।


Back_to_top