निसानले ल्याउँदै हुन्डाई क्रेटाको प्रतिस्पर्धी मोडल

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर्सले भारतीय बजारका लागि मिडसाइज कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । निसानले ‘सी’ सेग्मेन्ट एसयूभीमा नयाँ मोडल ल्याउने भएको हो ।

कम्पनीले सीएमएफ-बी प्ल्याटफर्ममा उत्पादन गर्ने यो एसयूभी आगामी वर्ष लन्च गर्ने योजना सार्वजनिक गरेको हो । यो सेग्मेन्टमा हुन्डाईको क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा, होण्डा एलिभेट जस्ता मोडल रहेका छन् ।

निसानले रेनोको डस्टर लन्च गर्ने लगत्तै यो नयाँ एसयूभी सार्वजनिक गर्ने योजना बनाएको हो । रेनोको नयाँ जेनेरेशन डस्टर र निसानको नयाँ एसयूभी रेनो निसान अलायन्सको भारतको चेन्नइमा रहेको फ्याक्ट्री उत्पादन हुनेछ ।

निसानको नयाँ एसयूभीको कन्सेप्ट निसानको पाट्रोलबाट प्रभावित हुनेछ । नयाँ एसयूभीमा रगेड बडी स्टाइल तथा युनिक डिजाइन एलिमेन्ट हुनेछ । हालै रिलिज भएको टिजरमा देखिए अनुसार नयाँ एसयूभीमा बीचमा क्रोम बारले कनेक्टेड एल सेपको एलईडी डीआरएल तथा बीचमा दुईवटा पातलो क्रोम डिजाइनले निसानको लोगोलाई सेन्टरमा पारेको छ ।

निसानको नयाँ एसयूभीमा होरिजेन्टल ग्रिल, रिसेप फ्रन्ट बम्पर, बाक्लो सिल्भर कलरको क्लाइडिङ, नयाँ डिजाइनकाृ मल्टिस्पोक अलोय ह्वील आदि रहेको देखिन्छ ।

कम्पनीले निसानको नयाँ एसयूको इन्टेरियर नदेखाए पनि यसका रेनो डस्टरको जस्तै १०.१ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामरा, रियर एसी भेन्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी ड्राइभमोड जस्ता फिचर हुनेछ ।

कम्पनीले निसानको नयाँ एसयूभी पेट्रोल भेरियन्टमा मात्र ल्याउने भएको छ । लन्चिङको समयमा निसानको नयाँ एसयूभीमा १.३ लिटरको टर्बो पेट्रोल इन्जिन रहनेछ । यो इन्जिनले १५४ हर्सपावर तथा २५० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनको साथमा ७ स्पीडको ड्युल क्लच अटोमेटिक ट्रास्मिसन हुनेछ । निसानले इन्ट्री लेबलमा म्यानुअल गियरबक्स समेत अफर गर्नेछ । तर, यसको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

निसानले यसअघि पनि यही सेग्मेन्टमा टेरानो र किक्स लन्च गरेको थियो । तर यी दुवै एसयूभी अहिले उत्पादनमा छैन । निसानले ल्याउने यो तेस्रो मिडसाइज कम्प्याक्ट एसयूभीले कस्तो बजार पाउने हो त्यसको लागि १ वर्ष प्रतिक्षा गर्नु पर्नेछ ।


Back_to_top