जापानिज अटो कम्पनी निसानको बहुप्रतिक्षित एसयूभी किक्स भारतीय बजारमा आज (जनवरी २२) मा सार्वजनिक हुँदैछ । निसानको ग्लोबल मार्केटमा किक्स सक्सेस मोडल रहेकाले दक्षिण एसियाली बजारमा पनि यसले सफलता पाउने अपेक्षा कम्पनीले राखेको छ ।
निसानको ग्लोबल डिजायन ल्याङ्वेज ‘भी’ मोसन म्यासिभ फ्रन्ट ग्रिलले यसको लूक्सलाई अग्रेसिभ तथा स्पोर्टी बनाएको छ । आधुनिक फिचरहरूले सुसज्जित किक्सको आगमनसँगै निसानको एसयूभी सेग्मेन्टमा राम्रो उपस्थिति रहने अनुमान गरिएको छ ।
नेपाल तथा भारतीय बजारमा विगत ४ वर्षदेखि उत्कृष्ट व्यापार गरिरहेको हुन्डाईको क्रेटाको मार्केट सेग्मेन्टमा किक्सको प्रतिस्पर्धा हुनेछ ।
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । भारतीय बजारमा किक्सको पेट्रोलमा ४ वटा तथा डिजेलमा ५ वटा गरी जम्मा ९ वटा भेरियन्टमा उपलब्ध रहनेछ ।
अहिले केही प्राविधिक काम भइरहेकोले अबको केही दिनमा नेपाली बजारमा सार्वजनिक गर्ने मिति र मूल्य दुबै थाहाहुने चन्दले जानकारी दिए ।
किक्सको पेट्रोल भेरियन्टमा फाइभ–स्पीड म्यानूअल तथा डिजेल भेरियन्टमा सिक्स–स्पीडको म्यानूअल गियरबक्स रहेको छ । मिडिया रिपोर्टहरूकाअनुसार लन्चको समयमै किक्सको अटोमेटिक भेरियन्ट उपलब्ध हुनेछैन । कम्पनीले केही समयपछि अटोमेटिक भर्सन पनि सार्वजनिक गर्ने छ ।
किक्समा १७ इन्चको अलोय ह्वील रहेको छ, जसले गर्दा यसको ग्राउण्ड क्लियरेन्स २१० एमएमको रहेको छ भने बूट–स्पेस ४०० लिटरको रहेको छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
किक्समा सेग्मेन्टमै पहिलोपटक ३६० डिग्री क्यामराको फिचर रहेको छ, जसले पार्किङ्गको समयमै चारैतिर हेर्न सजिलो हुनेछ । निसान किक्सको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
अर्को सेग्मेन्ट पहिलो फिचरको रुपमा निसान किक्समा अटो एसी सबै भेरियन्टमा उपलब्ध रहेको छ । यसमा रियर प्यासेन्जका लागि एसी–भेन्टकासाथै १२ भोल्टको चार्जिङ्ग–स्लट पनि रहेको छ ।
भारतीय बजारमा किक्सको मूल्य ९ लाख ५० हजारबाट सुरु हुने अनुमान गरिएको छ । यदि आज किक्सको लन्चिङ्गमा यही प्राइस भयो भने यसले मूल्यमा पनि आफ्नो कम्पिटीटरहरूसँग कडा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा पायोनियर मोटो–कर्पले निसान मोटर्सका सवारीसाधनहरू बिक्री–वितरण गरिरहेको छ । भारतमा किक्सको लन्चिङ्ग–डेट नजिकिँदै गर्दा पायोनियरले नेपाली बजारमा पनि किक्सको एक्टिभीटी सुरु गरिसकेको छ ।
पायोनियर मोटो–कर्पका असिस्टेन्ट जनरल मेनेजर ज्ञानेन्द्र चन्दकाअनुसार भारतको लन्चिङ्गसँगै नेपालमा पनि किक्सको चाँडै बुकिङ्ग खुल्ला हुनेछ । अहिले केही प्राविधिक काम भइरहेकोले अबको केही दिनमा नेपाली बजारमा सार्वजनिक गर्ने मिति र मूल्य दुबै थाहाहुने चन्दले जानकारी दिए ।


