काठमाडौं । जनवरी २२ तारिकमा भारतीय बजारमा सार्वजनिक भएको निशानको पछिल्लो न्यू मोडल एसयूभी किक्सको बिक्री दोस्रो महिनामा भारी गिरावट भएको छ । पहिलो महिनामा एक हजार ३७० युनिट बिक्री भएको किक्स फेब्रुवरीमा ६०९ यूनिट मात्र बिक्री भएको छ ।
अघिल्लो महिनाको तुलनामा ५६ प्रतिशतले गिरावट आएको हो । यो सेग्मेन्टमा हुन्डाई क्रेटालाई टक्कर दिन आएको किक्स सुरुवाति बिक्रीबाट रिङ्ग आउट भएको छ ।
फेब्रुवरीमा हुन्डाई क्रेटाको बिक्री १० हजार २०६ यूनिट भएको छ । जुन अघिल्लो महिना जनवरी कै हाराहारीमा हो । अघिल्लो महिना क्रेटाको बिक्री १० हजार ३१४ यूनिट रहेको थियो ।
के होला नेपालमा ?
नेपाली बजारमा फागुन ५ गते सार्वजनिक भएको किक्सले कस्तो व्यापार गर्ला त्यो भने हेर्न बाँकी नै रहेको छ । भारतीय ग्राहकले लगभग अस्विकार गरेको किक्सले नेपाली बजारमा भने केही सकारात्मक व्यापार गर्ने अनुमान गरिएको छ ।


