म्याग्नाइटमा सनरुफदेखि ६ वटा एयरब्यागसम्म

काठमाडौं । निसानले भारतमा उत्पादन गर्ने सर्वाधिक सफल मोडल म्याग्नाइटको फेसलिफ्ट तयारी गरिरहेको छ । कम्पनीले भारतीय बजारमा म्याग्नाइटको फेसलिफ्ट ल्याउन तयारी थालेको हो ।

नयाँ फेसलिफ्टमा सनरुफदेखि ६ वटासम्म एयरब्यागसम्म रहने बताइएको छ । महिन्द्राले पनि फेसलिफ्ट एक्सयूभी थ्रीएक्सओमा पानारोमिक सनरुफदेखि ६ वटा एयरव्याग दिने जानकारी बाहिर आएको थियो ।

निसानले चेन्नाइको सडकमा म्याग्नाइट फेसलिफ्टको परिक्षण गरिररहेको तस्बिरहरु बाहिर आएका छन् । पुरै स्टीकरले ढाकिएको नयाँ म्याग्नाइटमा पूर्ण नयाँ डिजाइनमा तयार पारिएको अलोय ह्वील देख्न सकिन्छ ।

यसका अलावा नयाँ डिजाइनको बम्पर, रि–डिजाइन गरिएको हेडल्याम्प र नयाँ टेललाइट देख्न सकिन्छ । फेसलिफ्ट म्याग्नाइट अहिलेको तुलनामा फिचर प्याक हुने अनुमान गरिएको छ ।

जापानी उत्पादकले अटोडीमीङ आईआरभीएम, इलेक्ट्रीक सनरुफ, भेन्टीलेटेड सीट जस्ता फिचर थप भएर आउने छन् । फेसलिफ्ट निसान म्याग्नाइटमा ७२ हर्स पावर प्रदान गर्ने १.० लिटर थ्री सिलिण्डर पेट्रोल र १०० हर्स पावर क्षमताको १.० लिटरका थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन रहने छ ।


Back_to_top