काठमाडौं । निसानको सब फोर मिटर एसयूभी म्याग्नाइटको फेसलिफ्ट भर्सन भारतमा बिक्री सुरु भएको छ । जापानी निर्माताले सुरुवाति भेरियन्टको मूल्य ५ लाख ९९ हजार एक्स शोरुम तोकेर यसको बिक्री थालेको हो ।
भारतमा उत्पादन गरेर विश्वका ४० देशमा निर्यात गर्दै आएको म्याग्नाइट बिभिन्न ५ भेरियन्टमा उपलब्ध रहेको छ । फ्रन्ट फेसियामा नयाँ डिजाइनको ग्रिल, रिभाइन्ड फ्रन्ट र रियर बम्पर, एल आकारको एलइडी डीआरएल र अपडेटेड गरिएको टेल लाइट यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ७ स्पोक भएको नयाँ डिजाइनको अलोय ह्वील तथा नयाँ एक्टेरियर पेन्ट्स अप्सन दिएको छ ।
नयाँ म्याग्नाइटमा दुबै ड्राइभर र प्यासेन्जरको कम्फर्टलाई पनि विशेष ध्यान दिइएको छ । यसमा नयाँ कलर तथा मेटेरियलको सिट प्रयोग भएको छ । अब म्याग्नाइटमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले तथा इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।
त्यसैगरी, वायरलेस फोन चार्जिङ प्याड, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कनेक्टेड कार टेक, रेन सेन्सीङ वाइपर, फ्रन्ट भेन्टीलेटेड सिट, प्रिमियम साउन्ड सिस्टम, सिंगल प्यानल सनरुफ दिएको छ ।
म्याग्नाइट फेसलिफ्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनीक स्टेवीलीटी कन्ट्रोल, एबीएस, इबीडी, रियर क्यामरा पार्किङ सेन्सर, ३६० डिग्री अराउण्ड भ्यू मोनिटर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम रहनेछ ।
निसानको फेसलिफ्ट म्याग्नाइटमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन र नेचुरल एस्पिरेटेड इन्जिनलाई निरन्तरता दिइएको छ । उक्त इन्जिनले क्रमशः १०० हर्स पावर र ७२ हर्सपावर इनर्जी प्रदान गर्छ । नयाँ म्याग्नाइटमा गियरबक्स पनि पुरानै ५ स्पीड म्यानुअल, एएमटी र सीभीटी अप्सन रहने छ ।