काठमाडौं । जापानी ब्राण्ड निसानले नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । ब्राजिलमा सार्वजनिक भएको नयाँ कम्प्याक्ट एसयूभी यसअघि बजारमा रहेको किक्समा आधारित देखिन्छ ।
निसानले केट एसयूभीमा लाइटको डिजाइनमा ब्यापक परिमार्जन गरेको छ । पृथक डिजाइनको हेडलाइट क्लस्टर उपलब्ध एसयूभीको बोनेटको तल्लो भागको बीचमा निसानको लोगो दिइएको छ ।

निकै ठूलो एयरड्याम प्रयोग भएको केट एसयूभीमा ह्वील पनि विल्कुलै नयाँ र स्टाइलिस डिजाइनमा प्रयोग भएको छ । पछाडिको भाग पनि निकै आकर्षक देखिएको छ । सर्ट टेललाइटको प्रयोग भएको एसयूभीमा रियर वाइपर, सार्कफिन एन्टिना र निकै स्पोर्टी बम्पर प्रयोग भएको देखिन्छ ।
निसानले नयाँ एसयूभीको भित्र ठूलो टच स्कृन, एडास फिचर, नयाँ डिजाइनको एयरभेन्ट दिएको छ । यसमा इन्जिन भने १.६ लिटर पेट्रोल प्रयोग भएको छ ।




