अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प अब २४ सै घण्टा खुला हुने भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि दुवै निकायले आफूले संचालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला हुने व्यवस्था मिलाएका हुन् ।

यससँगै बिहीबारदेखि नै दुवै निकायका पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरीको हल्चोक र पोखराको पेट्रोल पम्प २४ सै घण्टा खुला हुनेछ ।


Back_to_top